चिनियाँ स्मार्टफोन निर्माता रियलमीले आगामी साता फोन सार्वजनिक गर्ने भएको छ। कम्पनीले जनवरी १० मा रियलमी-९ आई सार्वजनिक गर्ने भएको हो।
फोन सार्वजनिक हुने मिती नजिकिदै गर्दा कम्पनीले यसका केही विशेषता र आवरण खुलाएको एनडिटिभीले जनाएको छ। रियलमी-९ आई मध्यम मूल्य अन्तर्गत पर्छ।
रियलमी-९ आईमा ६.६ इन्चको एफएचडी र आइसिडीसहितको एलसिडी टचस्क्रिन हुनेछ। फोनमा ९० हर्जको रिफ्रेस रेट हुनेछ। त्यस्तै यो फोन ग्राहकले ६ जिबी र्याम र १२८ जिबी स्टोरेजमा पाउने छन्। फोनमा ३३ वाट फास्ट चार्जिङ सुविधासहित पाँच हजार एमएएचको ब्याट्री हुनेछ।
फोनको पछाडि तीनवटा क्यामरा हुने बताइएको छ। जसमध्ये ५० मेगापिक्सलको मुख्य क्यामरा, २ मेगापिक्सलको म्याक्रो र २ मेगापिक्सलको डेप्थ सेन्सर हुनेछ। त्यस्तै, फोनमा १६ मेगापिक्सलको सेल्फी क्यामरा हुने अनुमान लगाइएको छ।
यो फोनको तौल जम्मा १९० ग्रामको हुने बताइएको छ। यसले वाई-फाई, ब्लुटुथ र जिपिएस पनि सपोर्ट गर्छ भने फोनमा सेन्सर लाइट हुने बताइएको छ। सुरक्षाको लागि फोनमा फिङ्गरप्रिन्ट र फेस सेन्सर सुविधा छ।
हालसम्म सार्वजनिक जानकारीअनुसार रियलमी-९आई निलो र कालो रंग गरी दुई विकल्पमा उपलब्ध हुनेछन्। भारतमा यो फोन ११ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध हुने अनुमान लगाइएको छ।