इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले टिकटक प्रतियोगिता आयोजना गरेको छ। कम्पनीले ५० हजार रुपैयाँको नगद पुरस्कारसहित 'अल्ट्राफाई टिकटक च्यालेन्ज' प्रतियोगिता आयोजना गरेको हो।
टिकटक सबैभन्दा धेरै प्रयोग गरिने एप भएकाले उक्त प्रतियोगिता आयोजना गरिएको कम्पनीले बताएको छ। सो प्रतियोगितामा सबै उमेर समुहकाले भाग लिन पाउने छन्। तर सहभागी नेपालमा बसोबास गर्ने नेपाली नागरिक हुनुपर्ने छ।
प्रतियोगितामा भाग लिने सहभागीले भायनेटको आधिकारिक टिकटक च्यानलमा अपलोड गरिएको साउन्ड ट्र्याक (ट्र्याक)मा भिडिओ बनाउनु पर्नेछ।
प्रतियोगितामा पुस १७ गतेदेखि माघ १४ गतेसम्म भाग लिन सकिने कम्पनीले बताएको छ।
सबैभन्दा उत्कृष्ट प्रतियोगीले ५० हजार रुपैयाँ जित्न सक्नेछन्। सहभागीहरूले आफ्नो भिडिओ माघ १३ गते भित्र अपलोड गरिसक्नु पर्नेछ।
सहभागीहरूले भिडिओको क्याप्सनमा #ULTRAFI_Vianet प्रयोग गरेर पोस्ट गर्नुपर्नेछ। त्यस्तै, पोस्टमा @vianetcommunication ट्याग हुनुपर्ने कम्पनीले जनाएको छ।