नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले 'खल्तीमा १०० जिबी' फ्री वाईफाई योजना ल्याएको छ। जसअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको १४ हजारभन्दा बढी हटस्पटहरूमा १०० जिबी फ्री वाईफाई चलाउन सक्नेछन्।
कम्पनीका अनुसार १०० जिबी निःशुल्क वाईफाई चलाउन खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्री वाईफाईमा रजिस्टर भने गरेको हुनुपर्छ। वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर गरेपछि खल्ती एपको ‘पपुलर सर्विसेस’ मा रहेको खल्तीमा १०० जिबी आइकनमा जाने र यसभित्र 'गेट १०० जिबी फ्री वाईफाई' भन्ने विकल्प चयन गर्ने।
यसरी १०० जिबी फ्री इन्टरनेट प्रयोग गर्न आफूले रजिस्ट्रेट गरिसकेपछि प्रयोगकर्ताले ३० दिनसम्म निःशुल्क वाईफाई चलाउन सक्छन्।
कम्पनीका अनुसार प्रयोगकर्ताले दर्ता गरेको खल्ती आइडी र वर्ल्डलिंक फ्री वाईफाईमा रजिस्टर्ड आइडी एउटै हुनुपर्छ। यो योजना पौष २७ देखि माघ २६ सम्म लागू हुनेछ।
डिजिटल वालेट खल्तीले हाल देशभरका २० लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई मोबाइल एवम् टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ साइट भुक्तानी गरी विभिन्न डिजिटल भुक्तानीसम्बन्धी सेवाहरू पुर्याइरहेको छ।