इन्टरनेट सेवाप्रदायक कम्पनी क्लास्सिक टेक्ले कम मूल्यमा उच्च गतिको इन्टरनेट सेवा सुरु गरेको छ। देशभर कम मूल्यमा उच्च गुणस्तरको सेवा दिन ‘टाक्एन’ प्याकेज सुरु गरिएको कम्पनीले जानकारी दिएको छ।
फेसबुक लाइभमार्फत नया ब्रान्ड एम्बास्डर बिपिन कार्कीले उक्त प्याकेज सार्वजनिक गरेका हुन्। अब उच्च गतिको इन्टरनेट न्यून मूल्यमा सबै सहर तथा गाउँमा पुर्याइने कम्पनीको भनाइ छ।
यो प्याकेजमा १५० एमबिपिएस, २२५ एमबिपिएस, ३२५ एमबिपिएस, ६२५ एमबिपिएस, र १००० एमबिपिएस राखिएको छ।
पछिल्लो समय प्रयोगकर्ताहरुले भोग्नु परेका समस्याहरु सुल्झाउन प्याकेज सुरू गरिएको कम्पनीको भनाइ छ।
हाल क्लास्सिक टेक प्रयोग गरिरहेका प्रयोगकर्ताहरुको प्याकेज ६५० गुणा ले निःशुल्क अपग्रेड गरिएको कम्पनीले जानकारी दिएको छ।
टाक्एन प्याकेज प्रयोगकर्ताले आइपिटिभी सित्तैमा प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
क्लासिक टेक नेपालमा सन् २००९ देखि सुरु भएको हो। हालसम्म कम्पनीले ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा दिइरहेको छ।