भिभोले भिभो भी-२३ ई सार्वजनिक गर्ने भएको छ। कम्पनीले यही जनवरी मध्यतिर आफ्नो भी सिरिजअन्तर्गतको फोन सार्वजनिक गर्ने बताएको हो।
यो स्मार्टफोनमा स्टेलर क्यामरा हुने अनुमान छ। यसको अगाडि पट्टी ५० मेगापिक्सलको अटोफोकस-पोर्ट्रेट सेल्फी क्यामरा हुनेछ, जसको मद्दतमा उच्च गुणस्तरको स्पष्ट र उज्यालो तस्बिरहरू खिच्न सकिन्छ।
यो फोन विशेष युवा पुस्ता लक्षित हुने बताएको छ। तर कम्पनीले फोनको अन्य विशेषताबारे केही खुलासा गरेको छैन।
भिभो भी-२३ ई मिड-रेन्ज फोन हुने कम्पनीको भनाइ छ।
भिभोले पछिल्लो समय बजार अनुसन्धान गर्दै ग्राहक आवश्यकता अनुसारका फोनहरू उत्पादनमा जोड दिदैँछ।