एनटिसीको एउटा प्रिपेड सिमबाट अर्को सिममा ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ। अर्थात् एउटा सिममा भएको पैसा अर्को सिममा सजिलै हाल्न मिल्छ। कहिलेकाहीँ आपत्कालिन अवस्थामा, जस्तै रिचार्ज कार्ड नपाइने ठाउँमा पुग्नुभयो अथवा वाइफाई/डेटाबाट मोबाइल बैंकिङ पनि नचल्ने अवस्था आइपर्यो भने आफ्नो नजिकको मान्छेलाई ब्यालेन्स ट्रान्सफर गरिदिन भन्न सक्नुहुन्छ।
यसको लागि विशेष दुई तरिका छन्। पहिलो, युएसएसडीमार्फत। र दोस्रो, एनटिसीको मोबाइल एपमार्फत्। तीमध्ये युएसएसडीमार्फत कसरी ब्यालेन्स ट्रान्सफर गर्ने?
युएसएसडीलाई सामान्य भाषामा बुझ्दा टेलिकमले ग्राहकलाई नयाँ सिम लिएको समय दिने एउटा निश्चित नम्बर हो। यो तरिकाबाट ब्यालेन्स ट्रान्सफर गर्न सुरूमा तपाईंलाई आफ्नो फोनको सेक्युरिटी कोड चाहिन्छ। अर्थात् जुन सिमबाट पैसा पठाउँदै हुनुहुन्छ, त्यो सिमको सेक्युरिटी कोड।
यदि तपाईंलाई आफूले प्रयोग गरिरहेको सिमको सेक्युरिटी कोड याद छैन भने उक्त सिमको मेसेज बक्समा गएर 'scode' लेखेर १४१५ मा मेसेज पठाइदिनुस्। यसरी तपाईंले मेसेजमार्फत नै तपाईंको सिमको कोड प्राप्त गर्नुहुन्छ। उदाहरणको लागि तपाईंले प्राप्त गर्नुभएको कोड १२३४५६७८ हो।
योसँगै मानौं तपाईंले ९८४३१२३४५६ नम्बरबाट ९८४१०००००००० नम्बरमा १५० रुपैयाँ ब्यालेन्स ट्रान्सफर गर्दै हुनुहुन्छ।
अब यसरी गर्नुहोस् ब्यालेन्स ट्रान्सफरः
- १४१५ बाट प्राप्त गर्नुभएको सेक्युरिटी कोड टिपेर राख्नुहोस्
- मोबाइलबाट 'फोन' मा जानुस्, जहाँबाट तपाईंले कल गर्नुहुन्छ
- त्यहाँ *४२२*१२३४५६७८*९८४१००००००००*१५०# गरेर कल डायल गर्नुहोस्
यसपछि तपाईंले आफ्नो ९८४३१२३४५६ नम्बरबाट ९८४१०००००००० नम्बरमा १५० रुपैयाँ ट्रान्सफर भएको जानकारी गराउँदै एसएमएस प्राप्त गर्नुहुन्छ। अब जुनकुनै समय तपाईंले एउटा प्रिपेड सिमबाट अर्को प्रिपेड सिममा यसरी सजिलै ब्यालेन्स ट्रान्सफर गर्न सक्नुहुन्छ।
नेपालको टेलिकम सर्भिस प्रोभाइडरमध्ये एनटिसी पनि निकै रुचाइएको छ। एनटिसीले ग्राहकहरूको लागि वभिन्न समय विभिन्न प्याक र योजनाहरू सार्वजनिक गर्दैछ।