मोबाइल हाम्रो दैनिकीको अत्यावश्यक वस्तु बनेको छ। नेपाली बजारमा थुप्रै ब्रान्डका मोबाइलहरू उपलब्ध छ। जसमध्ये वान प्लस पनि पर्छ। चिनियाँ ब्रान्ड वान प्लसले हाल नेपालमा राम्रो बजार पाएको छ।
वान प्लसले यतिबेला नर्ड एन १००, नर्ड एन १० ५जी, नर्ड सिई ५जी (८ जिबी + १२८ जिबी), सिई ५जी (१२८ जिबी + २५६ जिबी), ८टी (१२जिबी + २५६ जिबी), ९ प्रो ५जिबी, ९ प्रो ५जी (१२ + २५६ जिबी) लगायत दर्जनवटा विभिन्न मोडलको बिक्री गर्दैछ।
यीमध्ये कम्पनीका अनुसार नेपाली बजारमा वान प्लस नर्ड सिई र नर्ड २ लोकप्रिय छन्। लोकप्रियमध्ये वान प्लस नर्ड सिईमा के-के विशेषताहरू छन्?
नर्ड सिई ५जी ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको र १२ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज विकल्पमा उपलब्ध छन्।
नर्ड सिई ५जीमा ६.४३ इन्चको डिस्प्ले छ। यसमा ९० हर्जको रिफ्रेस रेट पाउन सकिन्छ। फोनमा दुइटा सिम हाल्न मिल्छ। यसमा स्न्यापड्रागन ७५० जी ५जी अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ।
फोनमा तीनवटा क्यामेरा छन्। यसको मुख्य क्यामेरा ६४ मेगापिक्सलको छ भने ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामेरा र २ मेगापिक्सलको देप्थ सेन्सर क्यामेरा छ। यसको अगाडि भागमा १६ मेगापिक्सलको सेल्फी क्यामेरा छ।
सुरक्षाको लागि फोनमा फेस रिकग्निसन र फिङ्गरप्रिन्ट सेन्सर छ। यसमा ४,५०० एमएएचको ब्याट्री छ जसले ३० वाटको चार्जिङ समर्थन गर्छ। यसमा टाइप सीको युएसबी लाग्छ।
कम्पनीले नर्ड सिई ५जी ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य ४४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ। त्यस्तै, १२ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज भएको नर्ड सिई ५जीको मूल्य ५१ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ।