भिभोले हाल नेपालमा दर्जन बढी मोडलको मोबाइल बिक्री गर्दैछ।
चिनियाँ स्मार्टफोन कम्पनी भिभो विशेष युवा पुस्ता र फोटा खिच्न रुचाउने वर्गमा प्रख्यात छ। नेपालमा भिभोको सबैभन्दा धेरै रुचाइएको र बिक्री भएकाे मोडल वाई-१२ एस हो। कम्पनीका अनुसार यो फोन विशेषगरि युवा वर्गलाई लक्षित गरी गत वर्षको अन्तिम महिनातिर सार्वजनिक गरिएको हो।
वाई-१२ एसमा ६.५१ इन्चको डिस्प्ले छ। डिस्प्लेमा भएको आई-प्रोटेक्सन मोडले हानिकारक निलो बत्तीलाई फिल्टर गरी प्रयोगकर्ताहरूको आँखालाई सहजता दिन्छ।
यो फोनमा दुईओटा क्यामेरा छ, जसध्ये १३ मेगापिक्सलको मुख्य र २ मेगापिक्सलको म्याक्रो क्यामरा छ। यसको अगाडितिर भने ८ मेगापिक्सलको सेल्फी क्यामेरा छ।
भिभो वाई-१२ एसमा मिडियाटेक हेलियो पी-३५ प्रोसेसर प्रयोग भएको छ। यसमा ५ हजार एमएएच ब्याट्री दिइएको छ, जसले १० वाटको फ्ल्यास चार्जिङ समर्थन गर्छ। यो फोनबाट मोबाइल, पावर बैंकजस्ता अन्य उपकरणहरू चार्ज गर्न सकिने कम्पनीले बताएको छ।
यसमा ३ जिबी र्याम र ३२ जिबी आन्तरिक स्टारेज छ। माइक्रो एसडी कार्ड प्रयोग गरेर स्टोरेज २५६ जिबी बढाउन सकिन्छ। सुरक्षाको लागि फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ।
भिभो वाई-१२ एस सुपर स्लिम बडी डिजाइन, पर्याप्त ब्याट्री क्षमता र मेमोरी भएका कारण राम्रो बजार पाएको कम्पनी बताउँछ। कम्पनीले हाल यो फोनको सुरुवाती बजार मूल्य १७ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ। बजारमा यो फोन निलो र कालो रंगमा उपलब्ध छ।
यो पनिः भिभोको सबैभन्दा सस्तो फोन १३ हजार छ सय रुपैयाँ, यस्तो छ विभिन्न मोडलको मूल्य (सूची सहित)