पछिल्लो समय नेपाली बजारमा पोकोका स्मार्टफोनहरूले राम्रो प्रतिक्रिया पाएको छ। लामो समय ब्याट्री टिक्ने, बढी र्याम र आन्तरिक स्टोरेज भएको यो फोन गेमिङको लागि उपयुक्त मानिन्छ।
नेपाली बजारमा पोकोको फोन बिक्री गर्दै आएको भास्तल इम्पेक्सका अनुसार पोकोको फोनहरूमा विशेष युवा पुस्ता आकर्षित छन्। हाल नेपाली बजारमा पोकोको १३ वटा मोडल उपलब्ध छ।
यसको सबैभन्दा सस्तो फोन पोको सी३ हो जसको मूल्य १४ हजार ४ सय ९९ हजार रुपैयाँ तोकेको छ। यो फोनमा ३ जिबी र्याम र ३२ जिबी आन्तरिक स्टोरेज छ।
त्यस्तै, यसको सबैभन्दा महंगो फोन पोको एफ३ र पोको एफ३ जिटी हो। जसको बजार मूल्य कम्पनीले ५२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ। पोको एफफ३ मा ४,५२० एमएएचको ब्याट्री छ भने पोको एफ३ जिटीमा ५०६५ एमएएचको ब्याट्री छ।
यीबाहेक विभिन्न मोडलको मूल्य यस्तो छः
मोडल | मूल्य |
पोको सी३ (३/३२) | १४,४९९ |
पोको सी३ (४/६४) | १५,४९९ |
पोको सी३१ (४/६४) | १६,४९९ |
पोको एम२ रिलोडेड (४/६४) | १८,४९९ |
पोको एम३ (४/६४) | १९,४९९ |
पोको एम३ (४/१२८) | २०,४९९ |
पोको एम३ प्रो (४/६४) | २४,४९९ |
पोको एक्स३ प्रो (६/१२८) | ३२,९९९ |
पोको एक्स३ प्रो (८/१२८) | ३५,९९९ |
पोको एक्स३ प्रो (८/२५६) | ३७,९९९ |
पोको एफ३ (६/१२८) | ४७,९९९ |
पोको एफ३ (८/२५६) | ५२,९९९ |
पोको एफ३ जिटी | ५२,९९९ |