भिभोले मंगलबारदेखि नेपाली बजारमा भी-२३ ईको बिक्री सुरू गरेको छ। कम्पनीले यो ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज, र ८ जिबी र्याममा २५८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको बिक्री सुरू गरेको हो।
भिभोले गत साता मात्रै नेपाली बजारको लागि भी-२३ ई सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार यो फोनको बिक्री खुलाएको ४८ घण्टामा नै यसको एक सयभन्दा बढी सेट प्रि-बुकिङ भएको थियो। फोनमा भएको उत्कृष्ट सेल्फी क्यामेरा र अन्य विशेषताका कारण फोन रुचाइएको अनुमान छ।
भी-२३ ईमा ५० मेगापिक्सलको सेल्फी क्यामेरा छ। यसमा एआई एक्सट्रिम नाइट पोट्रेट तथा मल्टिस्टाइल पोट्रेट, डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल-भ्यू भिडिओलगायत विभिन्न मोडहरू छन्।
फोनमा ६४ मेगापिक्सलको मुख्य क्यामेरा छ। जसले गर्दा रातको समयमा पनि स्पष्ट फोटा खिच्न सकिन्छ।
जम्मा ७.३६ मिलिमिटर मोटाइ भएको भी-२३ ई निकै पातलो र हलुका छ। यसले ४४ वाटको फ्ल्यासचार्ज फिचरलाई समर्थन गर्छ।
नेपाली बजारमा भी-२३ ई मुनलाइट स्याडो र सनसाइन कोस्ट गरी दुई रंग विकल्पमा उपलब्ध छ। कम्पनीले ८ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको भी-२३ ईको सुरूवाती बजार मूल्य ४४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छर त्यस्तै ८ जिबी र्याम र २५८ जिबी आन्तरिक स्टोरेज भएको संस्करणको बजार मूल्य ४९ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।