ह्वाट्सएपमा मेसेज आउने बित्तिकै र तपाईंले त्यो मेसेज हेर्न ह्वाट्सएप एप खोल्ने बित्तिकै तपाईंलाई अनलाइन देखाउँछ। यदी तपाईं ह्वाट्सएप प्रयोगकर्ता हुनुहुन्छ भने यो पक्कै पनि थाहा होला। तर फेसबुक र मेसेन्जर जस्तै ह्वाट्सएपमा पनि अरूले पत्तै नपाउने गरी अफलाइन बस्न सकिन्छ।
ह्वाट्सएप सहज म्यासेन्जिङ एप हो। म्यासेज, अडिओ र भिडिओ कल गर्नका लागि छिटो र सहज मानिन्छ। पछिल्लो समय नेपालमा पनि यसको प्रयोग बढ्दै गएको छ।
फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको तुलनामा ह्वाट्सएप अलि फरक छ। यसमार्फत हत्तपत्त जो-कोहीसँग जोडिन मिल्दैन। तपाईंको मोबाइल नम्बर भएका अन्य ह्वाटस्एप प्रयोगकर्ता मात्रै यसमार्फत तपाईंसँग जोडिन सक्छन्। तर कहिलेकाहीँ सबै सामाजिक सञ्जालमाआफूलाई अफलाइन बस्न मन हुन्छ। त्यस्तो समयमा ह्वाटस्एपमा कसरी अफलाइन बस्ने?
ह्वाट्सएपमा यसरी बस्नुहोस् अफलाइनः
- सुरूमा तपाईं कुन नम्बरबाट ह्वाटस्एप चलाउनुहुन्छ त्यो नम्बरबाट लग-इन गर्ने।
- त्यसपछि यसको सेटिङ्स विकल्पमा जाने।
- त्यहाँ तपाईंले 'एकाउन्ट' भन्ने विकल्प देख्नुहुन्छ। त्यसलाई चयन गर्ने।
- यसभित्र तपाईंले 'प्राइभेसी', 'सेक्युरिटी', 'टू-स्टेप भेरिफिकेसन', 'चेन्ज नम्बर'लगायत विकल्प देख्नुहुन्छ। त्यसमध्येको 'प्राइभेसी' भन्ने विकल्प चयन गर्ने।
- यो खण्डभित्र पनि तपाईंले थुप्रै विकल्प देख्नुहुन्छ। त्यसमध्ये सुरूमा देखिने 'लास्ट सिन' भन्ने विकल्प रोज्ने त्यसमा 'नोबडी' भन्ने विकल्प चयन गर्ने। यसले तपाईं अनलाइन भएको कसैले देख्न नमिल्ने बनाउँछ।
त्यस्तै, योसँगै भएको 'माई कन्ट्याक्ट' विकल्पले तपाईंको फोनमा सेभ भएका फोन नम्बरका ह्वाट्सएप प्रयोगकर्ताले मात्र तपाईंलाई अनलाइन देख्न मिल्ने हुन्छ। यसरी तपाईंले अन्य प्रयोगकर्ताले चालै नपाउने गरी ह्वाट्सएप चलाउन सक्नुहुन्छ।
यति मात्र होइन, तपाईंले डेलिभरीको रिसिप्ट पनि बन्द गर्न सक्नुहुन्छ। अर्थात्, यदी तपाईं मेसेन्जरमा अफलाइन हुनुहुन्छ तर मेसेन्जर चलाइरहनु भएको छ भने अन्य प्रयोगकर्ताले तपाईंलाई मेसेज पठाएपछि त्यो मेसेज डेलिभर हुन्छ। र, ती पठाउने व्यक्तिले तपाईं अफलाइन बसेर मेसेन्जर चलाइरहनु भएको रहेछ भन्ने पत्ता लगाउन सक्छ। तर ह्वाट्सएपमा डेलिभरीको सन्देश पनि नदिने तरिकाले अफलाइन बस्न सकिन्छ। त्यसको लागि 'प्राइभेसी' अन्तर्गत भएको 'रिड रिसिप्टस्' लाई बन्द गर्ने। अब भने तपाईं अरूले पत्तै नपाउने गरी ढुक्क तरिकाले ह्वाट्सएप चलाउन सक्नुहुन्छ।
यो पनिः अरूले पत्तै नपाउने गरी यसरी चलाउनुहोस् फेसबुक र मेसेन्जर