बजारमा विभिन्न ब्रान्डका स्मार्टफोनहरू उपलब्ध छ। यस्तोमा कुन फोन रोज्ने भन्ने धेरैलाई अन्यौल हुन्छ। फोनको विशेषतासँगै त्यसको मूल्य पनि प्रायः ग्राहकरहरूको चासोको विषय बन्छ।
विभिन्न ब्रन्डमध्ये अहिले रियलमीका फोनले पनि बजारमा सफलता पाएको कम्पनीको भनाइ छ। यदी तपाईं रियलमीको फोन किन्ने सोचमा हुनुहुन्छ यी हुन् रियलमीको उत्कृष्ट फोनः
१. नार्जो ५० आई - इन्ट्री लेभल
नार्जो ५० आई इन्ट्री-लेभल स्मार्टफोन हो। जसमा राम्रो क्यामेरा, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरू समावेश गरिएको छ। २ जिबी र्याम र ३२ जिबी आन्तरिक स्टोरेज भएको नार्जो ५० आईको बजार मूल्य जम्मा १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
यो ४ जिबी र्याम र ६४ जिबी आन्तरिक स्टोरेजमा पनि उपलब्ध छ, जसको मूल्य १५ हजार ४ सय ९९ रुपैयाँ तोकेको छ। बजारमा नार्जो ५० आई कालो र हरियो गरी दुई रंग विकल्पमा उपलब्ध छ।
२. रियलमी ९आई - मिडरेन्ज
रियलमी ९आई गेम खेल्न, फोटोग्राफी गर्न र टिकटक बनाउन रुचाउने व्यक्तिहरूको लागि उपयुक्त फोन हो। हाल बजारमा यो फोन उपलब्ध नभएपनि कम्पनीले यही फेबुअरीको दोस्रो साता भित्र फोन सार्वजनिक गर्ने बताएको छ। रियलमी ९आईको बजार मूल्य २६ हजार हुने अनुमान छ। यसमा आकर्षक डिस्प्ले, धेरै रिफ्रेस रेट र फास्ट प्रोसेसर छ।
रियलमी ९आईमा ५० मेगापिक्सलको एआई सेन्सर छ जसले गर्दा दिउँसो अथवा रातिको समयमा पनि एचडी फोटा खिच्न मद्दत मिल्छ। यसमा २ मेगापिक्सलको डेप्थसेन्सर र २ मेगापिक्सलको म्याक्रो लेन्स पनि छ। फोनले फास्ट चार्जिङ सपोर्ट गर्छ। यो जम्मा एक घण्टामा पूरा चार्ज हुन्छ।
३. रियलमी जिटी नियो २
रियलमीको जिटी नियो २ एक विशेष फोन हो। यसमा १२० हर्ज अमोलेड डिस्प्ले, ६५ वाटको फास्ट चार्जिङ र फास्ट प्रोसेसर छ। जसले गर्दा यसलाई निकै प्रतिस्पर्धी फोन बनाएको छ। यो फोन पुरा चार्ज हुन जम्मा ३३ मिनेट लाग्छ। यो फोनले ५जी पनि सपोर्ट गर्छ। रियलमी जिटी नियो २ हरियो, कालो र निलो रंगमा उपलब्ध छ।
यो ८ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज र १२ जिबी र्याममा २५६ जिबी आन्तरिक स्टोरेजमा उपलब्ध छ। जसको बजार मूल्य ५४ हजार १ सय ९९ रुपैयाँदेखि ६० हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।