क्लासिक टेकले नयाँ योजना ल्याएको छ। यसले 'रिन्युवल सापटी' अर्थात् 'नवीकरण सापटी' योजना सार्वजनिक गरेको हो।
योसँगै क्लासिटक टेक एप प्रयोगकर्ताहरूले एक क्लिकको भरमा अब ७ दिनको रिचार्ज सापटी लिन सक्नेछन्। क्लासिक टेकका ग्राहकहरूले तोकिएको प्याकेजमा एक दिनदेखि सात दिनसम्म नवीकरण सापटी लिन सक्ने भएका हुन्।
ग्राहकले यो सुविधा क्लासिक टेकको एपमा लग-इन गरेर 'कस्टमर पोर्टल'मार्फत लिन सक्नेछन्। एप यो लिंकबाट डाउनलोड गर्न सकिन्छ।
सन् २००९ मा सुरू भएको नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले हालसम्म ७४ वटा जिल्लाका १०३ आउटलेटबाट आफ्नो सेवा विस्तार गर्दैछ।
कम्पनीका अनुसार यसको मुख्य उद्देश्य देशका विकसित सहरदेखि दुर्गम ग्रामिण भेगहरूमा इन्टरनेटको पहुँच पुर्याउनुका साथै न्यून मूल्यमा उच्च गतिको सेवा प्रदान गर्नु हो।
कम्पनीले भविष्यमा ग्राहकहरूका लागि थप नयाँ योजनाहरू सार्वजनिक गर्ने समेत बताएको छ।