भिभोले भ्यालेन्टाइन्स डेको अवसरमा फोटोग्राफी प्रतियोगिता आयोजना गरेको छ। भिभोले 'भिभोटाइन फोटोग्राफी कन्टेस्ट' आयोजना गरेको हो।
प्रतियोगितामा सहभागी हुन भिभोका प्रयोगकर्ताहरूले आफूलाई विशेष लागेका कुराहरूको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने हुन्छ। कम्पनीका अनुसार 'भिभोटाइन फोटोग्राफी कन्टेस्ट' प्रेमील व्यक्तिहरूसँगको उत्सव तथा मनका भावनाहरू सकारात्मक रुपमा प्रस्तुत गर्नका लागि आयोजना गरिएको हो।
यो प्रतियोगितामा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले परिवार, साथीभाइ, घरपालुवा, स्थान, स्मारक तथा आफूलाई मनपर्ने कुनै पनि विधाको उत्कृष्ट फोटो खिचेर #भिभोटाइनडे #भिभोमोमन्ट्स तथा #भिभोनेपाल (#vivotineday, #vivomoments, #vivonepal) लेखेरे सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्ने हुन्छ। सहभागीहरूले पोस्ट गरेको फोटोको क्याप्सन पनि अनिवार्य रूपमा समावेश हुनुपर्नेछ।
सहभागीका तस्बिरहरू उपलब्ध भइसकेपछि भिभोले सबैभन्दा धेरै पोस्ट लाइक, सेयर, कमेन्ट तथा फोटोको सुन्दरताका आधारमा विजेता छनौट गर्नेछ। र, प्रत्येक विजयीले ३० हजार रुपैयाँ बराबरको साउन्ड कोर रेभ पार्टी कास्ट स्पीकर पाउनेछन्। विजेता घोषणा फेबुअरी १५ तारिखमा हुनेछ।
भिभोले आफ्ना उपभोक्ताका लागि भी तथा वाई सिरिजका स्मार्टफोनको खरिदमा आकर्षक योजनाहरू पनि सार्वजनिक गरेको छ। कम्पनीले यी सिरिजअन्तर्गतको फोन खरिदमा दुई हजार रुपैयाँको छुट भाउचर उपलब्ध गराउने बताएको हो, जसलाई अर्को पटक भी सिरिजको फोन किन्दा प्रयोग गर्न सकिनेछ। उक्त डिस्काउन्ट भाउचर आगामी फेब्रुअरी २८ सम्म मान्य हुनेछ
त्यस्तै, फेबुअरी ६ तारिखदेखि १४ तारिखसम्म भिभोको स्टोरहरूबाट भिभो स्मार्टफोन खरिद गर्ने ५० जना भाग्यशाली विजेताहरूले भिभोको टिडब्लुएस २-ई इयरबड तथा ३०० भाग्यशाली विजेताहरूले लक्की ड्रमार्फत् स्मार्टफोन माउन्टिङ जित्न सक्नेछन्।