सामाजिक सञ्जालमध्ये मेसेन्जर र इन्स्टाग्रामको लोकप्रियता बढ्दो छ। मेसेन्जर इन्स्ट्यान्ट मेसेन्जिङ एप हो भने इन्स्टाग्राम फोटो तथा भिडिओ सेयरिङ एप हो।
तपाईंहरूमध्ये धेरैले यी दुई एपको दैनिक प्रयोग गरिरहनु भएको होला। तर यी एपहरूमा भएका सबै फिचरबारे तपाईं सचेत हुनु हुँदैन होला। तपाईंलाई थाहा छ, मेसेन्जर र इन्स्टाग्रामको च्याट बक्सको थिम परिवर्तन गर्न मिल्छ।
थिम परिवर्तन गर्दा तपाईंको च्याट बक्स र स्क्रिन निकै आकर्षक देखिन्छ।
यसरी परिवर्तन गर्नुहोस् मेसेन्जरमा च्याट थिमः
- सुरूमा मेसेन्जर लग-इन गर्नुहोस्।
- त्यसपछि तपाईं जोसँगको च्याट स्क्रिनको थिम परिवर्तन गर्न चाहनुहुन्छ, ती प्रयोगकर्तासँगको च्याट बक्समा जानुहोस्।
- स्क्रिनको सबैभन्दा माथिल्लो भागको दायाँपट्टि अंग्रेजीमा अक्षर 'आई' जस्तो लेखिएको देखिन्छ। त्यसलाई चयन गर्नुहोस्।
- यहाँ तपाईंले 'थिम','इमोजी','निकनेम'लगायत विभिन्न विकल्पहरू देख्न सक्नुहुन्छ। त्यसमध्ये 'थिम' विकल्प रोज्नुहोस्।
- अब यहाँ तपाईंले विभिन्न थिम विकल्प देख्नुहुन्छ। आफूलाई उपयुक्त लागेको थिम रोज्न सक्नुहुन्छ। स्क्रिनमा स्क्रोल डाउन गर्नुहोस् तपाईंले त्यहाँ थप रंग विकल्प पनि पाउनु हुन्छ।
यसरी तपाईंले मेसेन्जरको च्याट थिम परिवर्तन गर्न सक्नुहुन्छ।
यसरी परिवर्तन गर्नुहोस् इन्स्टाग्राममा च्याट थिमः
- सुरूमा इन्स्टाग्राम लग-इन गर्नुहोस्।
- स्क्रिनको सबैभन्दा माथिल्लो भागको दायाँपट्टी तपाईंले च्याट बक्स खुल्ने विकल्प पाउन सक्नुहुन्छ। यसलाई चयन गर्नुहोस्।
- यहाँबाट तपाईंले जोसँग च्याट गर्न खोज्नुभएको हो, त्यस व्यक्तिको नाम रोज्नुहोस्।
- च्याट बक्स खुलेपछि सबैभन्दा माथिल्लो बायाँपट्टी तपाईंले ती प्रयोगकर्ताको नाम देख्नुहुन्छ। त्यसलाई थिच्नुहोस्। (अथवा मोबाइलअनुसार दायाँपट्टि अंग्रेजीमा अक्षर 'आई' जस्तो लेखिएको देखिन्छ। त्यसलाई चयन गर्नुहोस्।)
- अब यहाँ तपाईंले विभिन्न खण्ड देख्नुहुन्छ। त्यसमध्ये च्याट सेटिङ्स विकल्प रोज्नुहोस्। त्यहाँ तपाईंले 'थिम' भन्ने देख्नुहुन्छ। त्यसलाई रोज्नुहोस्।
- यहाँ तपाईंले 'सेलिब्रेसन','चिल','क्यर','एस्ट्रोलोजी' लगायत विभिन्न थिम विकल्प देख्न सक्नुहुन्छ। यीमध्ये तपाईंले आफूलाई मनपर्ने थिम रोज्न सक्नुहुन्छ।