एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर’ ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी नयाँ मोबाइल दिने भएको हो ।
एप्पल वर्ल्ड मोबाइल दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा छ। प्लाजास्थित कार्यालयमा सञ्चालन हुने उक्त अफरमा १० हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरू एक्सचेञ्ज तथा खरिद गर्न सकिने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार यो अफर एप्पल, सामसङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो र कूलप्याड लगायत मोबाइलहरूमा लागू हुनेछ ।
यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निराजन मल्लले बताए। उनले भने, ‘जोडीले नै दुई वटा मोबाइल खरीद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पड लगायतका उपहारहरू निशुल्क पाउनेछन्।’
यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुने र विभिन्न ब्राण्डका स्मार्टवाच समेत उपलब्ध हुने मल्लले जानकारी दिए।
मल्लका अनुसार एकैपटक रकम भुक्तान गर्न नसक्ने सेवाग्राहीले किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरणहरू खरिद गर्न सक्ने छन्।
साथै, ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलरूको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले दाबी गरे ।