ओपोले नेपाली बजारमा ‘ए’ सिरिज अन्तर्गत ए-१६काे नयाँ भेरियन्ट सार्वजनिक गरेको छ। कम्पनीले ४ जिबी र्याम र ६४ जिबी रोम (आन्तरिक स्टोरेज) भेरियन्टको स्मार्टफोन सार्वजनिक गरेको हो।
नयाँ फोनको डिजाइन निकै आकर्षक हुनुका साथै यसको प्रदर्शनी क्षमता पनि अब्बल रहेको कम्पनीले बताएको छ। कम्पनीका अनुसार यो नयाँ भेरियन्टको फोन विशेष युवा पुस्ता लक्षित छ।
नयाँ भेरियन्टको ए-१६ मा ६.५२ इन्चको एचडी प्लस आई केयर डिस्प्ले प्रयोग गरिएको छ। सुरक्षाको लागि फोनमा साइड फिंगरप्रिन्ट रिकग्निसन विशेषता समावेश गरिएको छ।
‘स्टाइल र कार्य क्षमताको कुरा गर्दा ओपो ए-१६ मा कुनै सम्झौता गरिएको छैन। ट्रेन्डी डिजाइन सहितको यो फोनमा उच्च कोटीको ट्रिपल क्यामेरा दिइएको छ। यसमा प्रयोग गरिएको ५ हजार एमएएच क्षमताको ब्याट्रीले प्रयोगकर्तालाई ब्याट्री सक्किने चिन्ताबिना दैनिकीको मज्जा लिन सघाउँछ,’ ओपो नेपालका ब्रान्ड निर्देशक पियरसन शेनले नयाँ फोन सार्वजनिक गर्दै भने।
फोनमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ भने २ मेगापिक्सलको डेप्थ र २ मेगापिक्सलको म्याक्रो क्यामेरा छ। फोनको अगाडि भागमा भने ८ मेगापिक्सलको सेल्फी क्यामेरा छ, जसले निकै स्पष्ट र सुन्दर सेल्फी फोटा खिच्न सकिन्छ।
नयाँ ए-१६ मा पाँच हजार एमएएच क्षमताको लामो समयसम्म टिक्ने ब्याट्री छ। ब्याट्रीलाई एक पटक पूरा चार्ज गर्दा ३४ घण्टाको कल टाइम वा २१.०२ घण्टा युट्युब भिडिओ प्लेब्याकको मज्जा लिन सकिने कम्पनीले दाबी गरेको छ।
४ जिबी र्याम र ६४ जिबी रोम भएको यो फोनको अतिरिक्त स्टोरेजका लागि २५६ जिबीसम्मको एसडी कार्ड प्रयोग गरेर बढाउन सकिन्छ। बजारमा ए-१६ को नयाँ भेरियन्ट कालो, निलो र सिल्भर गरी विभिन्न तीन रंग विकल्पमा उपलब्ध छ।