रियलमीले नेपाली बजारमा रियलमी-९आई स्मार्टफोन सार्वजनिक गर्दैछ। यसमा स्न्यापड्र्यागन ६८० ६ एनएम प्रोसेसर प्रयोग गरिएको छ।
रियलमी-९आई सन् २०२२ मा सार्वजनिक रियलमी ९ संस्करणको पहिलो फोन हुनेछ। यो फोनको आवरणसँगै यसको चार्जिङ र ब्याट्री पनि परिस्कृत हुने बताइएको छ।
स्न्यापड्र्यागन ६८० प्रोसेसर भएकोले लास्ट-जेन प्रोसेसर स्न्यापड्र्यागन ६६२ को तुलनामा फोनको सिपियू प्रदर्शनी राम्रो छ। साथै, यसको एआई प्रदर्शनी पनि राम्रो हुन्छ।
कम्पानीका अनुसार नयाँ रियलमी-९आईको ब्याट्री क्षमता ८आईको तुलनामा ४६ प्रतिशतले सुधार गरिएको छ। रियलमी-९आईमा पाँच हजार एमएएचको ब्याट्री क्षमता छ। यसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। जसले गर्दा जम्मा ७० मिनेटमा फोन पूरा चार्ज हुन्छ।
त्यस्तै, फोनमा ९० हर्जको रिफ्रेस रेट दिइएको छ। रियलमी-९आईमा सुपर पावर सेभिङ मोड पनि दिइएको छ।
रियलमी-९आईमा ६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज छ। जसलाई मेमोरी हालेर १ टिबीसम्म बढाउन सकिन्छ।
नेपाली बजारमा रियलमी-९आई निलो र कालो गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ। यसबाहेक कम्पनीले हालसम्म रियलमी-९आईबारे सम्पूर्ण जानकारी र मूल्य सार्वजनिक गरेको छैन।