स्न्यापच्याटले नयाँ अपडेट सार्वजनिक गर्दैछ। कम्पनीले प्रयोगकर्ताहरूको युजरनेम परिवर्तन गर्न सकिने फिचर सार्वजनिक गर्न लागेको अमेरिकी प्रविधि वेबसाइट 'द भर्ज'ले जनाएको छ।
सन् २०२२ को फ्रेबुअरी २३ मा सार्वजनिक हुन लागेको यो नयाँ अपडेटसँगै अब स्न्यापच्याट प्रयोगकर्ताहरूले आफ्नो युजरनेम परिवर्तन गर्न सक्नेछन्। हालसम्म प्रयोगकर्ताहरूले सुरूमा राखेको युजरनेमबाहेक परिवर्तन गर्न मिल्दैन।
कम्पनीका अनुसार अब प्रयोगकर्ताले नयाँ युजरनेम राख्न खोजेमा नयाँ स्न्यापच्याट खाता बनाइ राख्नुपर्दैन। तर भएकै खातामा नाम परिवर्तन गर्न सक्नेछन्। तर प्रयोगकर्ताले वर्षको एक पटकमात्र आफ्नो युजरनेम परिवर्तन गर्न सक्नेछन्।
यसो गर्दा तपाईंको साथीहरूको सूची र उनीहरूसँगको च्याट अथवा स्ट्रिकमा कुनै असर पर्दैन। प्रयोगकर्ताले आफ्नो लयुजरनेम भने खाताको बिट्मोजी आइकनभित्र रहेको सेटिङ्समार्फत परिवर्तन गर्न सकिन्छ।
युवा पुस्तामाझ सामाजिक सञ्जाल स्न्यापच्याट लोकप्रियता बढ्दो छ। यसमा विभिन्न फिल्टर लगाएर फोटा खिच्न, साथीसँग कुराकानी गर्न र भिडिओहरू हेर्न सकिन्छ।
स्न्यापच्याटमा युजरनेम परिवर्तन गर्ने फिचर समावेश गर्नको लागि केही समय अघिदेखि नै प्रयोगकर्ताहरूले रिक्वेस्ट गरिरहेको थियो।