ट्विटरले मेसेज बक्सलाई व्यवस्थित बनाउन नयाँ फिचर ल्याएको छ। सामाजिक सञ्जाल ट्विटरले बिहीबारदेखि 'पिन मेसेज' फिचर सार्वजनिक गरेको हो।
यो फिचरले प्रयोगकर्तालाई आफ्नो मेसेज बक्स व्यवस्थित राख्न सहज बनाउनेछ। उक्त फिचको प्रयोगमा प्रयोगकर्ताले प्राथमिकतामा रहेको व्यक्ति अथवा ग्रुपसँगको च्याट (कन्भर्सेसन)लाई पिन गर्न सक्नेछन्।
तपाईं कोही व्यक्तिसँग अथवा ग्रुपमा दैनिकी कुराकानी गर्नुहुन्छ भने त्यस्ता व्यक्ति/ग्रुपसँगको कन्भर्सेसन पिन गर्न सक्नुहुन्छ। पिन भएको कन्भर्सेसन मेसेज बक्सको सबैभन्दा माथि देखाउँछ।
मोबाइल एपबाट ट्विटर चलाउँदै हुनुहुन्छ भने कन्भर्सेस पिन गर्नको लागि तपाईं सुरूमा मेसेज बक्समा जानुहोस्। यसपछि तपाईं जो व्यक्तिसँगको कन्भर्सेसन पिन गर्न चाहनुहुन्छ ती व्यक्तिसँगको कन्भर्सेसनमा थिचिरहनुहोस्। यहाँ तपाईंले सबैभन्दा सुरूमै 'पिन कन्भर्सेसन' भन्ने देख्नुहुन्छ। त्यसलाई छनौट गर्नुहोस्।
यदि तपाईं ब्राउजर अथवा डेस्कटपमा हुनुहुन्छ भने जो व्यक्तिसँगको कन्भर्सेसन पिन गर्न चहानुहुन्छ ती व्यक्तिसँगको कन्भर्सेसनको छेउमा देखिने तीनवटा 'मोर' भन्ने डटमा क्लिक गर्नुहोस्। यही तपाईंले पिन कन्भर्सेसन भन्ने विकल्प देख्नुहुन्छ। त्यसलाई चयन गर्नुहोस्।
यसरी तपाईंले दैनिक कुराकानी गर्ने व्यक्ति/ग्रुप अथवा आफूलाई आवश्यक पर्ने व्यक्ति/ग्रुपको कन्भर्सेसन पिन गर्न सक्नुहुन्छ। कम्पनीका अनुसार प्रयोगकर्ताले जम्मा ६ वटा कन्भर्सेसनलाई पिन गर्न सक्नेछन्। जसमध्ये व्यक्तिसँगको निजी कन्भर्सेसन र ग्रुप कन्भर्सेसन पनि गनिन्छ।