रियलमीले नेपाली बजारमा रियलमी-९आई स्मार्टफोन सार्वजनिक गरेको छ। यसमा स्न्यापड्र्यागन ६८० ६ एनएम प्रोसेसर प्रयोग गरिएको छ।
रियलमी-९आई सन् २०२२ मा सार्वजनिक रियलमी ९ संस्करणको पहिलो फोन हो। यो फोनको आवरणसँगै यसको चार्जिङ र ब्याट्री पनि परिस्कृत छन्।
स्न्यापड्र्यागन ६८० प्रोसेसर भएकोले लास्ट-जेन प्रोसेसर स्न्यापड्र्यागन ६६२ को तुलनामा फोनको सिपियू प्रदर्शनी राम्रो छ। साथै, यसको एआई प्रदर्शनी पनि राम्रो हुन्छ।
कम्पानीका अनुसार नयाँ रियलमी-९आईको ब्याट्री क्षमता ८ आईको तुलनामा ४६ प्रतिशतले सुधार गरिएको छ। रियलमी-९आईमा पाँच हजार एमएएचको ब्याट्री क्षमता छ। यसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। जसले गर्दा जम्मा ७० मिनेटमा फोन पूरा चार्ज हुन्छ।
त्यस्तै, फोनमा ९० हर्जको रिफ्रेस रेट दिइएको छ। रियलमी-९आईमा सुपर पावर सेभिङ मोड पनि दिइएको छ।
रियलमी-९आईमा ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज र ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज विकल्पमा उपलब्ध छ। जसलाई मेमोरी हालेर १ टिबीसम्म बढाउन सकिन्छ।
कम्पनीले ४ जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको रियलमी-९आई को बजार मूल्य २४ हजार ४ सय ९९ रुपैयाँ र ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य २७ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।
नेपाली बजारमा रियलमी-९आई निलो र कालो गरी दुई रंग विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार यही फागुन ९ गतेदेखि ११ गतेसम्म दराज अनलाइनबाट रियलमी-९आई प्रि-बुकिङ गर्न सकिन्छ। र, फागुन ११ गतेदेखि १३ गतेसम्म नेपालभर रहेको सिमित आउटलेटहरूबाट फोन प्रि-बुकिङ गर्न सकिन्छ।