ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसँग सम्झौता गरेको छ। दुई कम्पनीबीच ओपोको फ्ल्यागशिप फाइण्ड सिरिजका लागि औद्योगिक रूपमा अग्रणी क्यामेरा प्राविधिको सह-निर्माणका लागि ३ वर्षको पार्टनरशिपको घोषणा गरिएको हो।
ओपो र वान प्लसबीचको संघटनदेखि दुई ब्रान्डबीचका रिसर्च एन्ड डेभलपमेन्ट श्रोतहरूलाई एकीकृत रूपमा परिचालन गर्दै कार्यदक्षता बढोत्तरी तथा प्रयोगकर्ता अनुभवमा बढोत्तरीका लागि प्रयत्नहरू भइरहेका छन्। वान प्लस र ह्यासलबाल्डबीचको पार्टनरशिप मार्फत इमेजिंगमा हात पारेका उपलब्धि नियाल्दै पार्टनरशिपलाई ओपो र वान प्लस दुवै ब्रान्डका लागि कर्पोरेट स्तरमा लैजान पाउँदा ओपो उत्सुक छ।
'ओपो र ह्यासलबाल्डबीच मोबाइल इमेजिंगका लागि समझदारी गर्न पाउँदा हामी निकै हर्षित छौं,' कम्पनीका प्रमुख उत्पादन अधिकारी पिट लाउले भने, 'क्यामेरा कलर परफरमेन्स सधैं ओपोका लागि प्राथमिकताको विषय रहँदै आएको छ। त्यसैगरी, यो ह्यासलबाल्डको डिएनएको अभिन्न अंग समेत हो। मोबाइलका लागि ह्यासलबाल्ड क्यामेराको भविष्य संयुक्त रूपमा अन्वेषण गर्न पाउँदा हामी निकै उत्साहित छौं।'
वर्ल्ड-क्लास मोबाइल फोटोग्राफी अनुभव प्रदान गर्न उत्कृष्ट श्रेणीको इमेजिंग प्रणाली निर्माण गर्नु ओपोका लागि प्रमुख रणनीति हो। ओपोको पहिलो स्व-विकासित इमेजिंग एनपियू मारिसिलिकन एक्सको सार्वजनिक पछ्याउँदै ह्यासलबाल्डसँगको सहकार्य मार्फत वर्ल्ड-क्लास फोटोग्राफी अनुभव प्रदान गर्न ओपो अझ प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
प्रयोगकर्तालाई अझ प्राकृतिक रंग र थप सुदृढ इमेजिंग अनुभव प्रदान गर्न ओपो र ह्यासलबाल्डले अब आर एन्ड डी सहयोगमार्फत अत्याधुनिक इमेजिंग समाधान गर्न सहकार्य गर्नेछ। ह्यासलबाल्डसँगको सहकार्य मार्फत प्राकृतिक रंग क्यालिब्रेशनको लाभ उठाउँदै ओपोको पोट्रेट फोटोग्राफीका लागि सम्भव भएसम्म सर्वाधिक प्राकृतिक स्किन टोन उपलब्ध गराउने योजना छ।
यो तीन वर्षीय पार्टनरशिपले प्राकृतिक कलर ट्युनिंगका लागि सफ्टवेयरमा सुधारदेखि कलर क्यालिब्रेशनमा बढोत्तरीका साथै स्मार्टफोन क्यामेरा परफरमेन्सका लागि नयाँ बेन्चमार्क स्थापना गर्ने लक्ष्य बोकेको छ।
यस सहकार्य 'ओपो- ह्यासलबाल्ड क्यामेरा फर मोबाइल' को पहिलो नतिजा ओपोको नयाँ पुस्ताको फ्ल्यागशिप फाइन्ड एक्स सिरिजमार्फत सन् २०२२को पहिलो त्रैमासमा सार्वजनिक हुने बताइएको छ।