स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२प्लस र ग्यालेक्सी एस २२ मोबाइलहरु बजारमा ल्याएको छ। ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गरेको कम्पनीको दावी छ।
फोनमा प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको संयोजन गरिएको छ। आकर्षक डिजाइनको ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ मा उच्च गुणस्तरीय क्यामरा छन्।
ग्यालेक्सी एस २२ अल्ट्रा भित्र रहेको एस पेन अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभएस पेन हो। ७० प्रतिशत छिटो तपाइँले आफ्नो एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा लेख्न, चित्र कोर्न र एपहरु नयाँ तरिकाहरुबाट चलाउन सक्नुहुन्छ। यो फोनमार्फत उज्यालो तथा अँध्यारोमा पनि फुटेजहरु खिच्न सकिन्छ। यसमा पिक्सल सेन्सर २।४ युएम छ।
यसमा भएको भिडियो अटो फ्रेमिङको सहायताले तपाईंको क्यामराले तपाइँले खिच्न चाहेको बस्तु मात्रै खिच्छ। यसमा १०० गुणा स्पेस जूम र शक्तिशाली डुअल टेलि लेन्सयुक्त क्वाडु«पल लेन्स क्यामरा राखिएको छ। सामसङकै शक्तिसाली क्यामरा रहेको कम्पनीको दावी छ।
एस २२ सिरिजका मोबाइलहरुको अगाडी र पछाडी दुवैमा कडा सिसा जडान गरिएकाले दुर्घटनावश खसे पनि तपाईंले टुट्ने फुट्ने समस्या हुँदैन।
फोन खरिदका लागि प्रिअर्डर गर्न सकिन्छ। ग्यालेक्सी एस २२ अल्ट्राको हरेक प्रि अडरमा ग्यालेक्सी बडस् २ सित्तैमा पाइन्छ। ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम २७,००० को अफर मूल्यमा पाइन्छ। ४४० एमएम ग्यालेक्सी वाच १३,००० मा पाउँछन्। ग्यालेक्सी एस २२ र ग्यालेक्सी एस २२ प्लस को प्रि अडरमा ग्यालेक्सी बडस् २३००० को अफर पाउने कम्पनीले बताएको छ। ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम, ३०००० को अफर मूल्यमा वा ग्यालेक्सी वाच ४४० एमएम १६,००० मा पाउने कम्पनीले बताएको छ।
प्रि अडर अवधि २३ फेब्रुअरीदेखि ९ मार्च सम्म रहन्छ । यो फोनमा बीमा सुविधा पनि उपलब्ध छ।
ग्यालेक्सी एस २२ अल्ट्रा फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डी रङमा उपलब्ध छ। यस्तै ग्यालेक्सी एस २२ र एस २२ं फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रङमा उपलब्ध गराइएको छ ।