भायानेटले भायाटिभीसहित मिनिप्याकको नयाँअफर सुरू गरेको छ। अब ग्राहकहरूले आठ सय रुपैयाँमा ७५ एमबीपीएसको इन्टरनेट प्याकेजको मासिक सब्स्क्रिप्शनसँगै निःशुल्क भायाटिभी पनि प्राप्त गर्नेछन्।
सुपथ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा चाहने ग्राहकहरूलाई लक्षित गरी भायनेटले यो योजना ल्याएको बताएको छ।
योजनामार्फत ग्राहकहरूले उच्च गतिको इन्टरनेटकसाथै मनोरञ्जनात्मक च्यानलहरू दुवैको लाभ लिन सक्नेछन्
याटिभीमार्फत ग्राहकहरुले १७५भन्दा बढी च्यानलहरू, चलचित्र तथा टेलिश्रृंखलाहरू हेर्न सक्छन्।
यसअघि भायनेटले मिनीप्याकमा७५ एमबिपिएस हाई स्पीड इन्टरनेटसहित निःशुल्क एनसेल सिम र ४८ जिबी मोबाइल डेटा उपलब्ध गराएको थियो।