सामसङले कम्प्याक्ट मोर्डन किचनको लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल उपलब्ध गराएको छ। योसँगैं सामसङले ठूलो रेफ्रिजेरेटरहरुको आपूर्तिसमेत गर्दै आएको छ। नेपालका ग्राहकहरुबाट माग बढेकाले सोहीअनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ।
फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरुलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ।
आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको छ। यो रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित ५७९ लिटरमा उपलब्ध रहेको कम्पनीले बताएको छ।
फलफूल र सागसब्जी राख्नका लागि यसमा २१.७ लिटर क्षमता भएको ठूलो क्रिसस्पर राखिएको छ। दुई लिटर क्षमताको डोरबिन राखिएको छ।
नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षको वारेन्टी दिइएको छ। कम्पनीका अनुसार ५७९ लिटर को फ्रेन्च डोर रेफ्रिजेरेटरको मूल्य दुई लाख ९९ हजार नौ सय ९० तोकिएको छ।
फ्रेन्च डोर रेफ्रिजेरेटरहरु सामसङ प्लाजा, वेबसाइट, तथा हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जालमार्फत नेपालभर पाउन सकिन्छ।