रियलमीले ‘रियलमी जिटी-२’ सिरिज सुरु गर्ने भएको छ। कम्पनीले मोबाइल वल्र्ड कंग्रेस २०२२ मा रियलमी जिटी-२ सिरिज सार्वजनिक गर्ने घोषणा गरेको हो।
गत महिनाको सुरुआतमा चीनमा सार्वजनिक गरिएको यो सिरिज क्वालकम स्नापड्रागन 8 Gen 1 चिपसेटबाट सञ्चालित छ।
युरोपियन बजारमा स्नाप ड्रागन 8 Gen 1 मार्फत् सञ्चालित यो पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ।
यो फोन हालसम्मको सबैभन्दा प्रिमियम फ्लागसिप लाइन-अपको रुपमा रहने कम्पनीको लक्ष्य छ। विश्वभरका प्रयोगकताहरुका लागि नयाँ प्रविधि उपलब्ध गराउने लक्ष्यअनुसार यो सिरिज सुरु गर्न लागिएको कम्पनीको भनाई छ।
रियलमीले तीन वर्षमा १० करोड युनिट बिक्री गरेको बताएको छ। हाल रियलमी विश्वव्यापी रुपमै शीर्ष ८ स्मार्टफोन ब्रान्डहरुमा परेको कम्पनीको दावी छ।
रियलमी जिटी-२ प्रो मा तीन विशेषताहरु बायो–पोलिमर ब्याककभर, १५० डिग्री अल्ट्रा वाइड क्यामेरा र ईनोभेसन फरवार्ड कम्युनिकेशन समावेश हुनेछ। जसले विश्वव्यापी रुपमा सबै स्मार्टफोन प्रयोगकर्ताहरुलाई अद्भुत अनुभव प्रदान गर्ने विश्वास छ।