बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्युसी) २०२२ को पूर्वसन्ध्यामा, ओपोले २०२१ ओपो सस्टेनेबिलिटी रिपोर्ट अनावरण गर्ने भएको छ।
एमडब्ल्युसी २०२२ मा सहभागिता जनाई आफ्ना नवप्रबर्तनात्मक मोबाइल प्रविधिहरु, एआर र फाइभजी अन्तर्गतका सफलता र दिगोपना अन्तर्गतका नवीन प्रविधिहरू प्रदर्शन गर्नेछ।
एमडब्ल्यूसी बार्सिलोनामा फेब्रुअरी २८ देखि मार्च ३ सम्म हल थ्री, फिरा ग्रानमा ओपो बुथ ३एम१० मार्फत ओपोले आफ्नो सहभागिता जनाउने जानकारी दिएको छ।
फेब्रुअरी २८को ३ बजे (सेन्ट्रल युरोपियन टाइम) ओपोेले एक किनोट प्रस्तुतिको पनि आयोजना गर्नेछ। प्रत्यक्ष आगन्तुकले बुथ मार्फत र प्रत्यक्ष सहभागिता जनाउन असमर्थ ईच्छुकले ओपोको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण पनि हेर्न सकिने ब्यवस्था मिलाइएको छ।
यस मार्फत आफ्ना समग्र उत्पादनहरुको जीवनचक्रमा दिगोपन र पर्यावरण मैत्री अवधारणाहरु एकिकृत गरी ओपोले आफ्नो ब्राण्ड मिशन “टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्डलाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ।