भारतको नम्बर एक वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगीनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ। सम्झौता अनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानहरूको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहनेछ।
यो सम्झौतासँगै अब नेपाली उपभोक्ताहरूले उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरू उपभोग गर्न पाउनेछन्।
इम्याजिन मार्केटिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक गम्भीरले यसैमा विषयमा खुशी व्यक्त गर्दै भनेका छन्, 'हाम्रा उत्पादनहरू नेपाली बजारमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं।' उनले कम्पनीको मुख्य उद्धेश्य युवा उपभोक्तालाई उनीहरूको चाहना अनुरूपको अडियो सोल्युसन प्रदान गर्नु रहेको समेत बताए।
बोटको लागि नयाँ बजारमा प्रवेश गर्नु महत्वपूर्ण कोसेढुङ्गा हो। इम्याजिन मार्केटिङले बोट ल्याब्समार्फत उत्पादनहरूको डिजाइन, अनुसन्धान, विकास र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठुलो लगानी गरेको छ।
कम्पनीले ब्लुटुथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य विद्युतीय उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग जोइन्ट भेन्चरमा प्रवेश गरेको छ।
टेलिटक प्रा.लिका कार्यकारी निर्देशक प्रतीक जलानले साझेदारीबारे भनेका छन्, 'बोटले वर्षौंदेखि स्टाइलिस र राम्रो काम गर्ने उच्च गुणस्तरीय अडियो उपकरणहरू मार्फत आफ्नो बलियो ब्रान्ड इक्विटी निर्माण गरेको छ। यो साझेदारीमार्फत नेपाली उपभोक्ताहरूलाई सस्तो मूल्यमा उत्कृष्ट गुणस्तरको उत्पादन उपलब्ध गराउने लक्ष्य राखेका छौं।'