आइएमईले बैंक डिपोजिटलाई लक्षित गरी 'होस्टेमा हैंसे' अफर सार्वजनिक गरेको छ। सेवाग्राहीमुखी उक्त अफर फागुन १७ (मंगलबार) देखि आउँदो चैत्र १७ गतेसम्म कायम हुनेछ।
‘होस्टेमा हैंसे’ भन्ने मुल नाराका साथ तयार पारिएको उक्त अफर काठमाडौं पानीपोखरीस्थित आइएमई केन्द्रिय कार्यालयमा सोमबार आयोजित एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको हो।
अफरअन्तर्गत नेपालभरी जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधैं रकम पठाउन सकिन्छ। अफर अवधिमा हरेक दिन पाँच जनालाई एक हजार रुपैयाँ, हरेक हप्ता दुई जना सेवाग्राहीलाई २५ हजार रुपैयाँ तथा बम्परमा एक जना सेवाग्राहीलाई एक लाख ५० हजार रुपैयाँ रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ।
अफर सार्वजनिक कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीहरूले आइएमईप्रति दर्शाउदै आएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गरे। साथै, उनले यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ। सेवा र सर्तहरू अनुसार विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ।
विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन्। तर आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमईसम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन्।
सेवाग्राहीहरूले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्ने हुन्छ। छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा भएका आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ। आइएमईका अनुसार योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित रहनेछ।
योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभपेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रिय कार्यालयमार्फत सार्वजनिक गरिनेछ।