शाओमी १२ प्रोको लागि प्रि-बुकिङ खुल्ला गरिएको छ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागशिप सिरिज शाओमी १२ सिरिजमध्ये शाओमी १२ प्रोको प्रि बुकिङ खुल्ला गरेको हो। प्रि-बुकिङ चैत्र ११ गतेदेखि चैत्र १५ सम्म खुल्ला हुनेछ।
प्रि-बुकिङ गर्दा यो फोन विशेष अफरसहित उपलब्ध हुनेछ। उपभोक्ताहरूले यो फोन किन्दा ५ हजारको क्यासब्याक तुरुन्तै पाउने कम्पनीले जनाएको छ। साथै, ग्राहकले मी नेकब्यान्ड ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन्।
शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज विकल्पमा उपलब्ध हुनेछ। जसको मूल्य कम्पनीले एक लाख १४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।
यो फोनमा सन् २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन्। यो फोनमा छिटो चार्ज हुने विशेषता दिइएको छ। यासमा १२० वाटको फास्ट चार्जिङ छ, जसले फोन १८ मिनेटमै फुल चार्ज हुन्छ।
शाओमी १२ प्रोमा एचडिआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले दिइएको छ। ८ जेन १ स्न्यापड्र्यागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, ५० मेगापिक्सलको टेलिफोटो र ५० मेगापिक्सलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ।
यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो, जसले गुडिरहेको अथवा चलिरहेको गाडी आदिको फोटो खिच्न सजिलो हुन्छ।
तीनवटै क्यामेराहरूमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा रातको समयमा पनि राम्रो र स्पष्ट फोटो खिच्न सकिन्छ। सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा-क्लियर सेल्फी लेन्स दिइएको छ।
यसमा हर्मन-कर्डोनका चार वटा स्पिकरहरु छन्, जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ। शाओमी १२ प्रोको नजिकैको एमआई स्टोर र रिटेल स्टोरहरूमा प्रि-बुकिङको लागि खुल्ला छ र मार्च ३० देखि बिक्री सुरू हुनेछ।