रियलमीले इटहरीमा नयाँ प्रिमियम आधिकारिक सेवा केन्द्र सञ्चालनमा आएको छ। रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले इटहरीको सुर्या कम्प्लेक्स परिसरमा नयाँ सेवा केन्द्रको उद्घाटन गरेका हुन्।
सर्भिस सेन्टरको उद्घाटनपछि बोल्दै गिरीले मोबाइल सबैभन्दा सहज र सुविधायुक्त साधन भएकाले रियलमीले सेवाग्राहीको सुविधामा ध्यान दिएको बताए। रियलमीले नेपालमा भरपर्दो ब्रान्ड बन्ने लक्ष्य राखेको र आफ्ना ग्राहकहरूलाई उत्कृष्ट ग्राहक सेवा र बिक्रीपछिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको उनले विश्वास व्यक्त गरे।
रियलमीको पहिलो आधिकारिक सर्भिस सेन्टर काठमाडौंस्थित सिटिसी मलमा छ।
रियलमीले सर्भिस सेन्टर स्थापनासँगै ग्राहकहरू माझ बिक्री पछिको सेवालाई सफलतापूर्वक विस्तार गर्ने विश्वास लिएको छ। यस सर्भिस सेन्टर मार्फत सफ्टवेयर सम्बन्धि सेवा, पार्टपुर्जा बदल्ने सेवा, फ्लागसिप फोन मर्मत सेवा, वारेन्टी मान्य र गैर-मान्य स्मार्टफोनहरूको मर्मत सेवा र अन्य धेरै सेवाहरू प्रदान गरिनेछ।
जगदम्बा मोबाइलका नेशनल सेल्स हेड कुनाल सिंहका अनुसार इटहरीको सूर्या कम्प्लेक्स प्रदेशकै प्रमुख व्यावसायिक केन्द्र भएको हुनाले यहाँ सर्भिस सेन्टर सञ्चालन गरिएको हो। उहाँका अनुसार विराटनगर, धरान, बिर्तामोड लगायतका ग्राहकले अब यो सेवा केन्द्रबाट सहज रुपमा गुणस्तरीय सेवा लिन सक्ने बताए।
रियलमीले नेपालमा सबै स्मार्टफोन ब्रान्डहरूमध्ये सर्भिस रिटर्न रेटमा कम रही अग्रणी सेवा दिने दाबी गरेको छ।