एमडब्ल्युसी-२२ बार्सिलोनामा २०२२ ग्लोबल मोबाइल (जिएलओएमओ) अवार्डबाट ओपोलाई 'डिस्क्रिप्टिभ डिभाइस इनोभेसन' अवार्डद्वारा सम्मानित गरिएको छ। फाइन्ड एनमा रहेको हिन्ज एन्ड डिस्प्ले संघटनका लागि यो अवार्ड ओपोलाई प्रदान गरिएको हो।
अवार्डको घोषणा मोबाइल वर्ल्ड लाइभमार्फत साशा ट्विनिंग र जन्टिन स्प्रिङह्यामद्वारा सह-प्रायोजित भर्चुअल समारोह मार्फत गरिएको हो। समारोहको स्ट्रिमिंग विश्वभरका दर्शकका लागि लिंक्डइन मार्फत गरिएको थियो।
यस वर्षको जिएलओएमओमा फाइन्ड एनका लागि डिस्क्रिप्टिभ डिभाइस इनोभेस अवार्डद्वारा सम्मानित हुन पाउँदा निकै खुशी भएको ओपोका ओभरसिज सेल्स एण्ड सर्भिसका उपाध्यक्ष बिल्ली च्यांगले बताए।
जिएलओएमओको कठिन मूल्यांकन प्रक्रियाका कारण यो अवार्ड औद्योगिक जगत्मा निकै सम्माति छ। जिएलओएमओका प्रमुख निर्णायक तथा सिसिएस इनसाइटका कार्यकारी अध्यक्ष शाउन कोलिन्सले सम्मान कार्यक्रमबीच भने, 'ओपोको फोल्डेबल फाइन्ड एनमा रहेका नवप्रवर्तनबाट निर्णायकहरू अति प्रभावित भएका छन्। ओपोको यस प्रविधिलाई टिकाउपना र तीव्र गतिमा परिपक्वता उन्मुख बजार उपयोगिताका लागि निर्णयकहरू विशेष प्रभावित छन्।'
डिस्क्रिप्टिभ डिभाइस इनोभेसन श्रेणीले नयाँ प्राविधिक उत्पादनहरुमा कार्य सम्पादन तथा समग्र प्रयोगकर्ता अनुभवमा सुदृढीकरण ल्याउन हार्डवेयर तथा सफ्टवेयरमा भित्र्याइएका नव-प्रवर्तनको विशेष मूल्यांकन गर्छ। विशेषतः ओपोको फाइन्ड एनमा रहेको पृथक, स्व-विकासित हिन्ज मेकानिजमका साथै पृथक बाह्य डिजाइनका लागि यो उपाधी प्रदान गरिएको हो।
सन् २०२१को अन्त्यतिर सार्वजनिक गरिएको फाइन्ड एन ओपोको पहिलो फ्ल्यागशिप फोल्डेबल स्मार्टफोन हो। कार्य सम्पादनमा सहजतार्थ विशेष ध्यान दिएर गरिएको यसको डिजाइनका कारण फाइन्ड एनलाई आवश्यकता पर्दा एकै हातले सहजताका साथ चलाउन सकिन्छ भने अनफोल्ड गरी ठूलो स्क्रिनको मज्जा पनि लिन सकिन्छ।
विशेषतः फोल्डेवल फोन्सका स्क्रिनमा देखिने क्रिज समस्याको समाधानार्थ यसमा ओपोले आफ्नो फ्लेक्शन हिन्ज डिजाइन उपलब्ध गराएको छ। नयाँ हिन्जले स्क्रिन क्रिज घटाउने र विश्वसनीयता बढाउनुका साथै स्क्रिनलाई विभिन्न कोणमा समेत स्वतन्त्ररुपमा उभ्भिन (५०–१२० डिग्री) सघाउँछ। कम्पनीका अनुसार हालसम्म फाइन्ड एनका लागि १० लाख भन्दा बढी अर्डर प्राप्त भइसकेको छ।