शाओमीले नेपाली बजारमा आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रो सार्वजनिक गरेको छ।
प्रयोगकर्ताहरूलाई कटिङ एज भिडियोग्राफी र इन्टरटेन्मेन्ट पावर हाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ कम्पनीले शाओमी १२ प्रो सार्वजनिक गरेको हो।
कम्पनीले केही समय अघि मात्रै यो फोनको लागि प्रि-बुकिङ खुलाएको थियो। बुधबारदेखि भने फोन सार्वजनिक भएसँगै बिक्री सुरू गरिएको हो।
शाओमी १२ प्रोमा एचडिआर १० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटिपिओ डिस्प्ले दिइएको छ। ८ जेन १ स्न्यापड्र्यागन प्रोसेसर भएको यो फोनमा ५० मेगापिक्सलको मुख्य क्यामेरा, ५० मेगापिक्सलको टेलिफोटो र ५० मेगापिक्सलको वाइड एंगलको सेकेन्डरी क्यामेरा सहित ट्रिपल रियर क्यामेरा सेटअप छ।
तीनवटै क्यामेराहरूमा नाइट मोड सेन्सरहरू उपलब्ध छ जसले गर्दा रातको समयमा पनि राम्रो र स्पष्ट फोटो खिच्न सकिन्छ। सेल्फीको लागि यसमा ३२ मेगापिक्सेलको अल्ट्रा-क्लियर सेल्फी लेन्स दिइएको छ।
यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको साइबर फोकस ट्र्याकिङ प्रणाली हो, जसले गुडिरहेको अथवा चलिरहेको गाडी आदिको फोटो खिच्न सजिलो हुन्छ।
यो फोनमा सन् २०२२ को फ्ल्यागशिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषताहरू छन्। यो फोनमा छिटो चार्ज हुने विशेषता दिइएको छ। यसले १२० वाटको फास्ट चार्जिङ समर्थन गर्छ, जसले फोन १८ मिनेटमै फुल चार्ज हुन्छ। फोनमा ४,६०० एमएएचको ब्याट्री क्षमता दिइएको छ।
शाओमी १२ प्रोमा हर्मन-कर्डोनका चार वटा स्पिकरहरु छन्, जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ।
बजारमा शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज विकल्पमा उपलब्ध छ। जसको मूल्य कम्पनीले एक लाख १४ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।