रियलमी स्मार्टफोन ब्रान्डले आफ्नो '१०० डेज रिटेलर स्किम'को विजेताहरूको घोषणा गरेको छ। यो स्किम नेपालभरि रहेका एक हजारभन्दा बढी रियलमी ब्रान्डको रिटेलरहरू बीच १०० दिन चलेको थियो।
विजेताहरूलाई विभिन्न आकर्षक उपहारहरू चैत्र ९ का दिन एक कार्यक्रमबीच हस्तान्तरण गरिएको थियो। सन् २०२१ सेप्टेम्बर २१ तारिखदेखि चलेको यो स्किम २०२१ डिसेम्बर २१ मा सकेको थियो।
सबै विजेता रिटेलरहरूलाई उक्त कार्यक्रममा उपहारहरू वितरण गरिएको थिय । ए टु जेड मोबाइल्स्, नारायणघाटले प्रोटोन सागा कार जितेको थियो।
रियलमी नेपालमा सार्वजनिक भएसँगै यो स्किम सबै वितरण च्यानलहरूको लागि खुला गरिएको थियो। यो स्किम सार्वजनिक हुँदा रियलमीको रियलमी सी-२१, रियलमी सी-२०, रियलमी सी-११ २०२१, र रियलमी ८ गरी चारवटा स्मार्टफोनहरू मात्र नेपाली बजारमा उपलब्ध थिए।