टेस्लाका मालिक एलन मस्कले माइक्रो ब्लगिङ साइट ट्विटरमा एडिट बटन राख्नेबारे मत मागेका छन्।
ट्विटरको ९.२ प्रतिशत सेयर किनेपछि मस्कले एडिट बटन राख्नेबारे ट्विटरमै मत मागेका हुन्।
उनले लेखेका छन्, के तपाईं एडिट बटन चाहनुहुन्छ?
ट्विटरमा सबैभन्दा धेरै सेयर भएका मस्कले एडिट बटन राख्नेबारे मत मागेपछि ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालले सोचविचार गरेरमात्रै भोट दिन आग्रह गरेका छन्।
मस्कको ट्विट कोट गर्दै अग्रवालले लेखेका छन्- यो पोलका नतिजा धेरै महत्वपूर्ण छन्। कृपया सोचविचार गरेर भोट दिनुहोला।
अहिलेसम्म ट्विटरमा लेखिएका स्टाटस एकपटक पोष्ट भइसकेपछि एडिट गर्न मिल्ने सुविधा छैन।
ट्विटरमा पहिलादेखि नै सक्रिय मस्कले कम्पनीको सबैभन्दा ठूलो सेयर धनी भएपछि एडिट बटन राख्नेबारे पोल चलाएका हुन्। उक्त पोलमा भोट गरेका झन्डै ७५ प्रतिशतले एडिट बटन चाहिन्छ भनेका छन्।