शाओमीले रेड्मी नोट ११एस र रेड्मी नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ। नयाँ प्रविधि र फिचरहरू भएको फोन बजारमा ल्याउने शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँ फोनहरू बजारमा सार्वजनिक गरेको हो।
शाओमीले यी फोनहरूको क्यामेरा प्रविधि, चार्जिङ स्पिड, डिस्प्ले र एसओसीमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ।
फोन सार्वजनिक गर्दै शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर अमित पंडाले भने, 'हामीले जुनै पनि नयाँ काम गर्दा उपभोक्ताहरूको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्छौं। त्यसैले, हामी प्रविधिलाई सकेसम्म धेरै मानिसहरूसम्म सहज रुपमा पुर्याउन चाहन्छौं।'
उनले थप भने, 'अहिले लन्च गरेको रेड्मी नोट ११ एस र रेड्मी नोट ११ प्रो ५जीले फ्ल्यागशिप लेभलको प्रविधिलाई अझै धेरै पहुँच योग्य बनाउदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ।'
रेड्मी नोट ११ प्रोमा स्न्यापड्र्यागन ६९५ र रेड्मी नोट ११ एसमा मिडियाटेक हेलियो प्रोसेसर प्रयोग गरिएको छ। यी दुइटै फोनहरूमा पाँच हजार एमएएचको उच्च क्षमताको ब्याट्री राखिएको छ।
१०८ मेगापिक्सलको मुख्य क्यामेरा छ। साथै, यसमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामेरा दिइएकाे छ, जसबाट ११८ डिग्रीसम्मको फोटो खिच्न सकिन्छ। फोनमा २ मेगापिक्सलको म्याक्रो क्यामेरा र २ मेगापिक्सलको डेप्थ क्यामेरा लेन्स दिइएको छ। फाेनकाे अगाडि भागमा भने १६ मेगापिक्सलको क्यामेरा छ।
१२० हर्जको रिफ्रेस रेट र ३६० हर्जसम्मको टच स्याम्प्लिङ रेट भएको रेड्मी नोट ११ एस र रेड्मी नोट ११ प्रो ५जीमा ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमेसन र प्रेसाइज फिङर टचले प्रयोगकर्ताहरूलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिन्छ।
रेड्मी नोट ११ एस पोलार व्हाइट (सेतो), होराइजन ब्लु (निलो), र स्पेस ब्ल्याक (कालो) रंग विकल्पमा उपलब्ध छ। त्यस्तै, बजारमा रेड्मी नोट ११ प्रो ५-जी ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ।
यस्तो छ यी दुई फोनको मूल्यः
रेडमी नोट ११ एस
- ६ जिबी आन्तसिक स्टोरेजमा १२८ जिबी र्याम: २९ हजार नौ सय ९९ रुपैयाँ
- ८ जिबी आन्तसिक स्टोरेजमा १२८ र्याम: ३१ हजार नौ सय ९९ रुपैयाँ
रेड्मी नोट ११ प्रो ५-जी
- ६ जिबी आन्तसिक स्टोरेजमा १२८ जिबी र्याम: ३६ हजार नौ सय ९९ रुपैयाँ
- ८ जिबी आन्तसिक स्टोरेजमा १२८ र्याम: ३९ हजार नौ सय ९९ रुपैयाँ