रियलमीले नेपाली बजारमा नार्जो संस्करणअन्तर्गत रियलमी नार्जो ५० ल्याउने भएको छ। नयाँ प्रविधिको अतिरिक्त रियलमी नार्जो ५० स्मार्टफोनमा उत्कृष्ट प्रोसेसर, आकर्षक डिस्प्ले, छिटो चार्ज हुने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री हुने भएकाले गेमिङ उपभोक्ताहरूको लागि उपयुक्त हुने कम्पनीको भनाइ छ।
त्यसैगरी, रियलमीले सबैभन्दा स्टाइलिस एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३५ पनि सार्वजनिक गर्ने बताएको छ।
रियलमी नार्जो ५०
रियलमी नार्जो ५० फ्लागशिपस्तर ५० मेगापिक्सल क्यामेरा हुनेछ। नार्जो संस्करण अन्तर्गत यो स्मार्टफोन उत्कृष्ट प्रदर्शन र दोहारो प्रकाणीकरणको साथ सबैभन्दा टिकाउ र गुणस्तरीय हुने कम्पनीको दाबी छ।
रियलमी नार्जो ५०मा सबैभन्दा शक्तिशाली प्रोसेसर हेलियो जी ९६ प्रयोग गरिएको छ। यसले पछिल्लो जी८५ भन्दा ४२ प्रतिशत कार्यसम्पादन वृद्धि देखाउँछ। नार्जो ५० मा १८० हर्ज टच नमुना दर र १२० हर्ज रिफ्रेस रेटको साथ ६.६ इन्च स्क्रिन हुनेछ। यसमा मेगा पाँच हजार एमएएभको ब्याट्री दिइएको छ।
रियलमी नार्जो ५० कालो र निलो गरी दुई आकर्षक रंग विकल्पमा उपलब्ध हुनेछ। यो फोन दुई स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछः ४ जिबी आन्तरिक स्टोरेज सहित ६४ जिबी र्याम र ६ जिबी आन्तरिक स्टोरेज सहित १२८ जिबी र्याम।
रियलमी सी ३५
रियलमी सी ३५मा ८.१ एमएम अल्ट्रा-स्लिम डाइनामिक ग्लोइङ डिजाइन, फ्लागशिप स्तरीय ५० मेगापिक्सलको क्यामेरा, ६.६ एफएचडी फुलस्क्रिन र पाँच हजार एमएएचको ब्याट्री क्षमता दिइएको छ। साथै, यसले १८ वाट फास्ट चार्ज समर्थन गर्छ।
रियलमी सी ३५ कालो र हरियो गरी दुई आकर्षक रंग विकल्पमा उपलब्ध हुनेछ। यो फोन पनि ४ जिबी आन्तरिक स्टोरेज सहित ६४ जिबी र्याम र ६ जिबी आन्तरिक स्टोरेज सहित १२८ जिबी र्याम समावेशग दुई स्टोरेज भेरियन्टमा उपलब्ध हुने बताइएको।
हालसम्म कम्पनीले फोनको नेपाली बजार मूल्य र पूर्ण विवरणहरू भने खुलाएको छैन।