नयाँ वर्षको अवसरमा एनसेल आजियाटाले आफ्ना ग्राहकहरूका लागि आकर्षक न्यू इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ।
यी अफरहरू चैत्र ९ गतेबाट सञ्चालनमा आएका छन्। न्यू इयर कम्बो प्याकअन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरू लिन सक्छन्।
प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बन्डलिङबाट फाइदा लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सामाजिक सञ्जाल प्याक प्राप्त गर्छन्।
कम्बो प्याक अन्तर्गत सात दिनको समयसिमा रहेको प्याक ग्राहकले करसहित ९६ रुपैयाँमा सुरू गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबी अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न सकिन १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्नेछन्।
त्यस्तै, ग्राहकले एक सय ६८ रुपैयाँमा ५ जिबी अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक एक सय ६८ रुपैयाँमा लिन सक्छन्। ग्राहकका लागि २८ दिन समयसिमा रहेको प्याक अन्तर्गत दुई सय ९८ रुपैयाँमा २.५ जिबी डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्नेछन्।
कम्बो प्याक अन्तर्गतनै विषेश प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुम सहित २८ दिन समयसिमा रहेको अन्य दुई प्याकहरू पनि एनसेलले दिएको छ। सात सय ९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबी डेटा सहित नन-स्टप अन नेट कल सुविधा ९५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन्।
त्यस्तै, २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले नौ सय ९८ रुपैयाँमा हरेक दिन २ जिबी डेटा २८ दिन सम्म, एनसेल नेटवर्क भित्र नन-स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउन सक्नेछन्।
यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा सोभन्दा बढिको हरेक रिचार्जमा सामाजिक सञ्जाल डेटा प्याक प्राप्त गर्न सक्नेछन्। ५० रुपैयाँदेखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनको समयसिमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्न सक्छन्।
त्यस्तैगरी, एक सय रुपैयाँदेखि एक सय ९९ रुपैयाँको रिचार्जमा ग्राहकले तीन दिनको समयसिमा रहेको २०० एमबी सोसल प्याक र दुई सय रुपैयाँ वा सोभन्दा बढिको रिचार्जमा ग्राहकले सात दिनको समयसिमा रहेको ५०० एमबी सोसल प्याक पाउन सक्ने बताइएको छ। यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्नेछन्।
नयाँ वर्षको अवसरमा ल्याइएका यी नयाँ योजनाहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरूलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ। रिचार्ज योजना १५ दिनको लागि मान्य रहनेछ।