भिभोले नेपाली बजारमा आफ्नो भी र वाई संस्करणका तीनवटा स्मार्टफोनहरू सार्वजनिक गरेको छ। कम्पनीले भी संस्करणअन्तर्गतको भी-२३ ५जी र वाई संस्करणअन्तर्गतको वाई-३३ एस र वाई- ०१ सार्वजनिक गरेको हो।
भी-२३ ५:
भी-२३ ५जी पोट्रेट र सेल्फीहरूका लागि उपयुक्त छ। यसमा ५० मेगापिक्सलको अटोफोकस पोट्रेट सेल्फी, ६४ मेगापिक्सलको सुपर-सेन्सिङ क्यामेरा र ८ मेगापिक्सलको सुपर वाइड-एंगल क्यामेरा पाउन सकिन्छ।
यसको बाहिरी डिजाइनिङ पनि आकर्षक छ। भिभोले यसमा मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरेको छ। यसले गर्दा फोनको बाहिरी भाग घाममा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ। भी-२३ ५जीमा जम्मा ७.३९ एमएमको अल्ट्रा-स्लिम बडी छ।
भी-२३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसर मार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्छ। गेमरहरूले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोड जस्ता विशेषताहरू पाउन सक्छन्।
यसमा ४४ वाट फ्ल्यासचार्ज क्षमता छ जसमा सुपर स्लिम ४२०० एमएएच ब्याट्री प्याक दिइएको छ।
कम्पनीले भिभो भी- २३ ५जीको सुरुवाती मूल्य ५५ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। यो ८ जिबी र्यामसहित १२८ जिबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध छ।
वाई-३३एस:
यो फोन सार्वजनिक भएसँगै 'फिचर-रिच स्मार्टफोन्स' भनिएको छ। यसमा ५० भेगापिक्सलको मुख्य क्यामेरा, २ मेगापिक्सलको बुके क्यामेरा र २ मेगापिक्सलको सुपर म्याक्रो क्यामेरा छ। वाई-३३ एसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ।
भिभो वाई-३३ एस अत्याधुनिक सुविधाहरू भएका पावर-प्याक्ड उपकरणहरू माग गर्ने युवाहरूको जीवनशैलीसँग मेल खाने र 'अन द गो' पुस्ताका लागि बनाइएको हफ।
कम्पनीले वाई-३३ एसको सुरुवाती मूल्य भने जम्मा २९ हजार नौ सय ९९ रुपैयाँ तोकेको ५। यो ८ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक (कालो) र मिडडे ड्रिम रंगमा उपलब्ध छ।
वाई-०१:
वाई-०१ जम्मा ८.२८ एमएम पातलो छ। यसको जम्मा १७८ ग्राम तौल छ। यसमा ५०००एमएएच क्षमताको ब्याट्री छ। फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। यो बजेट फोन अन्तर्गत पर्छ।
कम्पनीले वाई-०१ को सुरुवाती मूल्य १३ हजार नौ ९९ रुपैयाँ तोकेको छ। यो २ जिबी र्याम र ३२ जिबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक (कालो) र सेफाइस ब्लू (निलो) रंग उपलब्ध हुनेछ।