नेपाली बजारमा शाओमीले शाओमी १२ र शाओमी १२ एक्स सार्वजनिक गरेको छ। प्रयोगकर्ताहरूलाई कटिङ एज भिडियोग्राफ्री र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्धेश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ दुई नयाँ फोन सार्वजनिक गरेको हो।
शाओमी १२ र शाओमी १२ एक्सबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फोटा खिच्न सकिन्छ। यी दुवै फोनमा प्रो ग्रेड ट्रिपल क्यामेरा र ५० मेगापिक्सलको प्रमुख क्यामेरा छन्। जसले शाओमी १२ मा ८ के रेकर्डिङ क्षमता प्रदान गरेको छ।
शाओमी १२ र शाओमी १२ एक्समा १३ मेगापिक्सलको अल्ट्रा वाइड एंगल क्यामेरा र ५ मेगापिक्सलको टेलिम्याक्रो क्यामेरा दिइएको छ।
दुवै फोनमा उन्नत क्वाल्कम स्न्यापड्रागन प्रोसेसर प्रयोग गरिएको छ, जुन क्वाल्कमको सबैभन्दा लेटेस्ट मोबाइल प्लेटफर्म हो।
शाओमी १२ र शाओमी १२ एक्स दुवैमा ६.२८ इन्च फुल एचडी प्लस डिस्प्ले दिइएको छ भने ६९.९ एमएम चौडाइ छ। साथै, यसमा शाओमीको प्रोप्राइटरी लिक्विड स्टोरेज, अटोमाइज्ड मेमोरी, फोकस्ड अल्गोरिदम र स्मार्ट ब्यालेन्स जस्ता नयाँ फिचरहरु पनि छन्।
दुवै फोनले छिटो पावर-अपको लागि ६७ वाट वायर्ड टर्बो चार्जिङ सपोर्ट गर्छ। यसमा ५० वाटको वायरलेस चार्जिङ र १० वाटको रिभर्स चार्जिङको सुविधा पनि छ।
शाओमी १२ र शाओमी १२ एक्स ८ जिबी र्याम र २५६ जिबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध छ। शाओमी १२ ग्रे र पर्पल गरी दुई रंगमा उपलब्ध हुनेछ भने शाओमी १२ एक्स ग्रे, पर्पल र निलो गरी तीन रंग विकल्पमा उपलब्ध हुनेछ।
कम्पनीले शाओमी १२ को सुरुवाती बजार मूल्य ९२ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। त्यस्तै, शाओमी १२ एक्सको मूल्य भने जम्मा ७६ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ।