नेपाली बजारमा रियलमीको नयाँ स्मार्टफोन सार्वजनिक भएको छ। कम्पनीले सोमबार नार्जो संस्करणअन्तर्गतको नार्जो ५० सार्वजनिक गरेको हो।
माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज हुने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरूको मन जित्नेमा कम्पनी विश्वस्त छ।
नार्जो ५० मेडियाटेक हेलियो जी ९६ प्रोसेसरद्वारा सञ्चालित छ। फोनमा १८० हर्जको टच स्याम्पलिंङ दर र अल्ट्रा-स्मुथ १२० हर्ज रिफ्रेस दर दिइएको छ। यसमा भएको ६.६ इन्च डिस्प्लेले गेमरहरूलाई सहज प्रदर्शनमा मद्दत पुर्याउँछ।
यो स्मार्टफोनमा लामो समय टिक्ने पाँच हजार एमएएचको ब्याट्री छ। यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै ब्याट्री पूरा चार्ज हुन्छ।
रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक र्या विस्तारको प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी र्यामसम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्छ।
नार्जो ५० मा ५० मेगापिक्सलको एआई ट्रिपल क्यामेरा छ। जसले गर्दा रातको समयमा पनि गुणस्तरीय फोटो खिच्न सकिन्छ। यसमा ५० मेगापिक्सलको इमेज सेन्सर सहितको मुख्य क्यामेरा राखिएको छ।
रियलमी नार्जो ५० मा रेसिङ कारहरूबाट प्रभावित १७४ ग्राम तौल र ८.५ मिलिमिटर मोटाई भएका केभ्लार स्पिड टेक्स्चर डिजाइन जस्ता फिचर्सहरू छन्। यसको साइडमा पावर बटनका साथ अल्ट्रा फास्ट फिंगर प्रिन्ट दुवै एकै वटनमा उपलब्ध छ।
नेपाली बजारमा यो फोन स्पीड ब्ल्याक (कालो) र स्पीड ब्लू (निलो) गरी दुई विभिन्न रंग विकल्पमा उपलब्ध छ। नार्जो ५० दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ। कम्पनीले ४ जिबी र्यामसहित ६४ जिबी स्टोरेज भएको भेरियन्टको मूल्य २२ हजार ९ सय ९९ रुपैयाँ तोकेको छ।
त्यस्तै, ६ जिबी र्याम र १२८ जिबी आन्तरिक स्टोरेज भएको भेरियन्टको मूल्य २६ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ।
रियलमी नार्जो ५० दराजमा पनि उपलब्ध छ ।