नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज र स्माटकार्ड नेपाल (माई पे वालेट) बीच स्मार्ट क्युआर मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ।
सोमबार आयोजित एक कार्यक्रमबीच स्मार्टच्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र स्माटकार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले स्मार्ट क्युआर सेवा सञ्चालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यस सम्झौता पश्चात माई पे वालेट (माइ पे वालेट) प्रयोगकर्ताले माई पे वालेटमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूलाई भुक्तानी गर्न सक्छन् भने माई पेमार्फत विभिन्न व्यापार-व्यवसायमा आवद्व व्यवसायीहरूले स्मार्ट क्युआर मार्फत भुक्तानी लिनलाई क्युआरको सुविधा लिन सक्नेछन्।
इएमभी स्ट्यान्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्युआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ।
विगत २० वर्षदेखि विभिन्न भुक्तानीका विभिन्न सेवा दिँदै आएको स्मार्टच्वाइस टेक्नोलोजिज र एनआइसी एशियाबीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिइएको छ।