नयाँ वर्ष २०७९ को अवसरमा कनेक्ट आइपिएसले 'नयाँ इयर नयाँ युजर अफर' ल्याएको छ। यो अफर वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म लागू हुने बताइएको छ।
अफर अन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले कनेक्ट आइपिएसमा अनलाइन रजिष्टर गरी, कम्तिमा एउटा खाता लिंक गरेर सो खाता बैंकबाट भेरिफाई गराउँदा खातामा एक सय रुपैयाँ पाउन सक्नेछन्।
त्यसैगरी, ११ जना भाग्यशाली विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन्।
बैंकका ग्राहकहरूले कनेक्ट आइपिएसको वेबसाइट वा मोबाइल एप मार्फत रजिष्टर गरी आफ्नो खाता लिंक गरेर नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ-भेरिफिकेसन गराउन सक्छन्।
पहिलेनै युजर बनाएर पहिलो खाता लिंक र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफर अन्तर्गत एक सय रुपैयाँ भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्ने बताइएको छ। अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताहरूको घोषणा एनसिएचएलको अफिसियल पेजबाट हुनेछ।