सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकै पटक तीनवटा गोल्ड मेडल सहित ७१ वटा अवार्ड जितेको छ। जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिटिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्से टेलिभिजन, स्मार्ट फोन र अन्य घरेलु उपकरण लगायतक विषयमा यी अवार्ड जितेको हो।
जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आइएफ) मा सामसङले विभिन्न नौ वटा विधामा ती अवार्ड हात पारेको हो। त्यसमध्ये, पोर्टेबल स्क्रिन द फ्रिस्टाइल, मोबाइल फोन ग्यालेक्सी जेड फ्ल्पि ३ र वायरलेस भ्याकुम क्लिनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो।
प्रतियोगितामा सामसङका ५५ देसका ११ हजार आवदेन मध्येबाट ती अवार्ड जितेको हो।
डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यवसायीक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको ब्यापक मूल्यांकन थिए।
त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरूलाई नवीन प्रविधिहरूसँग जोड्नु महत्वपूर्ण भएको बताए। उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिबद्ध छौं। जसले ग्राहकहरूको विभिन्न मागहरू पूरा गर्छ।’