आइएमई पेले हवाई उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ।
पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीहरूले एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त तीन सय रुपैयाँ छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको हो।
यात्राको लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकाले आइएमई पेले यात्रुहरूलाई हवाई उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय-समयमा यस्ता योजनाहरू सार्वजनिक गर्दैछ।
आइएमई पेले हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि नेपालको कैयौं रमणीय गण्तव्यको निःशुल्क हवाई टिकट प्रदान गर्ने जस्ता योजनाहरू ल्याउने गरको छ। योजनामा कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ।