ओपोको पहिलो फोल्डेबल फ्ल्यागशिप ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आइएफ डिजाइन अवार्ड २०२२ मा दुई उपाधि जितेको छ।
ओपोले आफ्नो पहिलो फोल्डेबल फ्ल्यागशिप स्मार्टफोन 'ओपो फाइन्ड एन' सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरेको थियो। दुवै डिस्प्लेको समस्तिगत अनुभव प्रदान गर्ने किसिमले पृथक डिस्प्ले रेसियोका साथमा यसको समग्र डिजाइन गरिएको छ। यसको बाह्य स्क्रिनमा एकै हातले सहजै प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ परम्परागत फोनकै आकारसँग मिल्दो जुल्दो १९:९ रेसियोको प्रयोग गरिएको छ।
त्यसैगरी, यसको भित्री डिस्प्लेमा ८.४:९ एस्पेक्ट रेसियोको प्रयोग गरिएको छ। यसले गर्दा फोनलाई अनफोल्ड गर्दा थप सहजता अनुभव गर्न सकिन्छ।
फोनमा रहेको ठूलो स्क्रिनको पूर्ण प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपोले फोल्डेबल उपकरणका लागि कस्टम सफ्टवेयरका लागि टू-फिंगर स्प्लिट स्क्रिन जस्ता विभिन्न आकर्षक सफ्टवेयरहरू पनि उपलब्ध गराएको छ। टू-फिंगर स्प्लिट स्क्रिनका माध्यमबाट प्रयोगकर्ताले सहजै स्क्रिनको मध्य भागबाट दूई औंलाको सहायताबाट तलतिर स्वाइप गरी स्क्रिनलाई दुई भागमा विभाजन गरी एकै पटक धेरै काम (मल्टिटास्किंग)का लागि उपयोग गर्न सक्छन्।
त्यसैगरी, ओपो फाइन्ड एनमा स्व: विकसित फ्लेक्सियोन हिन्ज पनि उपलब्ध छ। फ्लेक्सियोन हिन्ज डिजाइनले फोनको भित्री स्क्रिनमा देखिने क्रिजको मात्रामा कमी ल्याउँदै उपकरणलाई ५०-१२० डिग्रीको कुनैपनि कोणमा सहजै ठड्याउन सकिन्छ।
चीनमा सार्वजनिक गरेदेखि नै ओपो फाइन्ड एनले उल्लेखनीय सफलता हासिल गरिरहेको छ। बिक्रीका आधारमा यसले पहिलो महिनामै १० लाख भन्दा बढी अर्डर नाघि सकेको छ।