एनसेल आजियाटाले इन्डलेस कम्बो प्याकहरू संचालनमा ल्याएको छ। नयाँ वर्ष २०७९ को अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई थप सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू संचालनमा ल्याएको हो।
यो योजना वैशाख ५ गतेबाट संचालनमा आएको छ। योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरू खरिद गर्न सकिन्छ।
डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्न सक्छन्। ग्राहकले *१७११८# वा *१७१२३# डायल गरी यो प्याक सुरू गर्न सक्छन्। त्यस्तै, ग्राहकले एनसेल एपबाट पनि यो प्याक लिन सक्छन्।
बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक २५ रुपैयाँमा लिन सक्नेछन्। प्रिपेड ग्राहकले *१७११८*१# डायल गरी प्याक लिन गर्न सक्छन्। त्यस्तै, ग्राहकले एनसेल एपबाट पनि यो प्याक लिन सक्ने कम्पनीले जनाएको छ।
सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरू ल्याएको हो। योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।