फ्रान्सको उच्चस्तरीय प्राइमेसी-२ कार्ड प्रिन्टर नेपाली बजारमा सार्वजनिक भएको छ। फ्रान्सको एवोलिस कम्पनीद्वारा उत्पादित प्राइमेसी-२ कार्ड प्रिन्टर एवोलिस फ्रान्सको नेपालको लागि आधिकारिक बिक्रेता बारकोड नेपाल इंकले शुक्रबार भृकुटीमण्डपमा भइरहेको क्यान इन्फोटेक २०२२ मा सार्वजनिक गरेको हो।
एवोलिस कम्पनीको कार्ड प्रिन्टर बिक्री र गुणस्तरका हिसाबले संसारमा प्रसिद्ध छन्। बारकोड नेपालले उक्त कम्पनीका उत्पादनहरू सन् २००८ बाटै नेपालमा बिक्री- वितरण गर्दै आएको छ। हालै बिक्रीमा ल्याएको प्राइमेसी-२ कार्ड प्रिन्टरबाट मध्यम र ठुला कार्यालयहरूको आइडी कार्ड, भिजिटर कार्ड, प्रिभिलेज कार्डहरू तत्काल कार्यालयमै छाप्न सकिन्छ।
यसले प्रति घण्टा दुई सय ८० वटा रंगिन कार्ड छाप्न सक्छ। यो प्रिन्टरमा युभी प्रिन्टिङ, रि-राइटेबल कार्ड प्रिन्टिङ, डबल ले, ओभरले जस्ता विशेष कार्डहरू छाप्ने प्रविधि प्रयोग गरिएको छ। यसमा एक सय वटा कार्ड राख्न मिल्ने ठुलो हुपर छ।
प्राइमेसी-२ मा ल्यामिनेटर जोडेर एकै पटक ल्यामिनेटेड कार्ड उत्पादन समेत गर्न सकिन्छ। यस सेरिजमा बैंकिंग कार्डहरू छाप्न आवश्यपर्ने इन्कोडरहरू जडान गर्न मिल्ने गरी डिजाइन गरिएको छ।
विश्वका एक सय ४० भन्दा धेरै देशको पहिलो रोजाइमा रहेको एवोलिस कार्ड प्रिन्टर नेपालमा विभिन्न बैंक, नेपाली सेना, नेपाल प्रहरी, विभिन्न आयोगहरू, सरकारी कार्यालयहरू लगायत स्कुल, कलेज, अस्पतालहरूमा प्रयोग भइरहेको छ।