सामसङ इलेक्ट्रोनिक्सले आइतबार एक पत्रकार सम्मेलन गरी ग्यालेक्सी ए७३ ५-जी, ग्यालेक्सी ए५३ ५-जी र ग्यालेक्सी ए३३ ५-जीले एक विशिष्ट मूल्यमा समग्र मोबाइलको अनुभव प्रदान गर्दै नवीनतम ग्यालेक्सी आविष्कारहरूको पूरा प्याकेज प्रदान गर्ने जानकारी गराएको छ।
यी नवीन उत्पादनहरूको अनावरण सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रुपमा गरेका हुन्।
ग्यालेक्सी ए सिरिज बिल्कुलै नयाँ प्रोसेसरद्वारा संचालित छ भने ग्यालेक्सीको पहिचान ओआइएसयुक्त एआई क्यामरा, व्यापकता र चिल्लो डिस्प्ले, आइपी ६७ रेटिङ र धेरै समय चल्ने ब्याट्री जडित छ। यस्तै, नयाँ ग्यालेक्सी ए सिरिजमा ५-जी कनेक्टिभिटी, रक्षात्मक ग्रेड सुरक्षा, वातावरण सचेत, स्टाइलिस र छरितो डिजाइन, र उन्नत सम्पर्क अनुभवहरू रहेका छन्।
ग्यालेक्सी ए७३ ५-जी ८ र २५६ जिबी स्टोरेज विकल्पमा उपलब्ध छ जसको मूल्य कम्पनीले ७२ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। यो खैरो, पुदिना र श्वेत कलरमा पाइन्छ। ग्यालेक्सी ए५३ ५-जी पनि ८ र २५६ जिबी स्टोरेज विकल्पमा उपलब्ध छ। कम्पनीले यसको मूल्य भने ५५ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। यो फोन कालो, निलो र आरु रंगमा पाइन्छ। ग्यालेक्सी ए३३ ५-जी ८ र २५६ जिबी स्टोरेजमा उपलब्ध छ। यसको मूल्य भने कम्पनीले ४६ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ। यो पनि कालो, निलो र आरु रंगमा उपलब्ध छ।
यी उत्पादनहरू खरिद गर्न सहजता पुर्याउन सामसङले मासिक किस्ता (इएमआई) को सुविधा पनि ल्याएको छ।