क्यान इन्फो टेक-२०२२ अन्तर्गत राखिएको भायानेट कम्युनिकेसनको स्टलमा धेरै सेलिब्रेटीहरू र प्रविधि उत्साहीहरूले भ्रमण गरे। भायनेटका ब्रान्ड एम्बेसेडर समेत रहेका चर्चित कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्का, महिला गेमर इन्दु मल्ल गेमिङ, सागर लम्साल 'बले' र र्यापर मिस्टर आरजे लगायतका चर्चित कलाकारहरू स्टलमा पुगेका हुन्।
भायानेटको स्टलमा आएका आगन्तुकहरूले कलाकारहरूसँग अन्तरक्रिया, फोटो सेसन लगायत अन्य विभिन्न गतिविधिहरूका साथै कम्पनीका तर्फबाट आकर्षक अफरहरूको लाभ लिए। शुक्रबार निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टलमा आएर कार्यक्रम स्थलमा उपस्थित फ्यान तथा आगन्तुकहरूसँग अन्तरक्रिया गरेका थिए भने शनिबार इन्दु मल्ल 'गेमिङ' ले चुनिएका आगन्तुकहरूसँग पब्जी खेलका केही राउन्ड खेलेकी थिइन्।
आइतबार भने हालै सार्वजनिक गीत 'के सारो' का कलाकार सागर लम्साल 'बले' र मिस्टर आरजेले स्टल भ्रमण गरेका हुन्। भायनेटले सोमबार प्रसिद्ध गेमिङ समूह डीआरएसलाई आमन्त्रित गर्दैछ। उनीहरूले उपस्थित भ्रमणकर्तासँग गेम खेल्नका साथै आफ्नो गेमिङ यात्राको अनुभवहरू साट्ने छन्।
भायानेट स्टलमा पुग्ने जो कोहीले पनि भायनेट गेमिङ जोन मार्फत गेम खेल्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। क्यान इन्फोटेकमा उत्कृष्ट डिलहरू खोज्न आउने व्यक्तिहरूका लागि भने भायानेटले ३ वटा भायाटिभी र एमआई डुवल ब्यान्ड राउटरको साथमा बन्डल गरिएको भरपर्दो अल्ट्रा-फाई लाइनअपमा १७ प्रतिशत छुट दिँदैछ।
उक्त अफरको फाइदा लिन भने भायानेटको स्टलबाटै अल्ट्रा-फाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ। यसबाहेक, क्यान इन्फोटेक, भृकुटीमण्डपमा रहेको भायनेट स्टलमा आगन्तुकहरूले नेपाली बजारमा चाँडै सार्वजनिक हुने अन्य उपकरणहरू प्रि-अर्डर गर्ने अवसर पाउनेछन् र एक जना भाग्यशाली विजेताले ५५ इन्चको एमआई स्मार्ट टिभी जित्ने बताइएको छ।